मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ बिरुद्ध पहिलो चरणको खोप अभियान सकियो, अछाममा १४९५ जनाले खोप लगाए

कोभिड १९ बिरुद्ध पहिलो चरणको खोप अभियान सकियो, अछाममा १४९५ जनाले खोप लगाए


अछाम : देशैभर covid-19 विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ । सोहि अन्तर्गत अछाम जिल्लामा पनि कोभिड १९ विरुद्धको अभियान सकिएको हो ।

पहिलो चरण अन्तर्गत आज अन्तिम दिन बयालपाटा अस्पतालमा १ सय ४० जनालाई खोप लगाइएको स्वास्थ्य कर्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए छ ।

उनका अनुसार बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र साफेबगर नगरपालिकाका छुटेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई covid-19 विरुद्धको खोप लगाइएको हो ।

आज अन्तिम दिन गरेर अछाम जिल्लामा सबै १ हजार ४ सय ९५ जनालाई covid-19 विरुद्धको खोप लगाइएको उनले बताए ।

जुन लक्षित समूह अन्तर्गतको 79.9 प्रतिशत हो । सुदूरपश्चिम प्रदेश परी १४ हजार ८ सय ५५ जनाले खोप लगाएका छन् । फाइल फोटो