मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (८ तस्बिर)

कांग्रेसका शुभेच्छुक संस्थाले गरे प्रदर्शन (८ तस्बिर)


अछाम । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुभेच्छुक संस्थाले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

अछाम सदरमुकाम मंगलसेनमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा पुनर्बहाली गर’, ‘बेरोजगार बिमा लागु गर’, ‘सर्वसत्तावाद मूर्दावाद’, ‘सबै श्रमिकहरुको स्थानीय तहमा पञ्जीकरण गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातान्त्रिक प्राध्यापक संघलगायतका कांग्रेसका शुभेच्छुक संस्थाले संयुक्त प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय निर्णयानुसार नै प्रदर्शन गरिएको हो ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज शुभेच्छुक संस्थाले प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।