मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्ट सरकार बिरुद्ध कांग्रेस मात्र नभई सिंगो जनता सड्कमा उत्रिएका छन् : सभापति स्वाँर

भ्रष्ट सरकार बिरुद्ध कांग्रेस मात्र नभई सिंगो जनता सड्कमा उत्रिएका छन् : सभापति स्वाँर


सुबेच्छुक संस्थाको बिरोध सभा मंगलसेनमा सम्पन्न “

अछाम । नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा बिघटन गरे संबिधान कु गरेको आरोप लगाएका छन् । हालका कम्निष्ट प्रधानमन्त्रीमा आफु राणा शासन कालको जस्तो तानाशाह प्रवृती देखिएको आरोप लगाएका हुन् ।

मंगलसेनमा कांग्रेसका सुबेच्छुक संघसंस्थाहरुले आयोजनामा भएको बिरोध सभा कायृक्रममा प्रमुख अथिति रहेका सभापति स्वाँरले प्रधानमन्त्री र नेकपाको भ्रष्ट सरकारका बिरुद्ध कांग्रेस मात्र नभई नेपाली जनता सड्कमा उत्रनु परेको उल्लेख गरे ।

बिरोध सभा कार्यक्रमका बिशिष्ट अथिति कांग्रेस पूर्व जिल्ला पार्टी सभापति मेघराज खड्काले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार लिप्त हुनका साथै अन्याय, अत्याचार र पतनको बाटोमा हिडेको आरोप लगाए ।

खड्काले केपी ओली नेतृत्वको सरकारकाले संसद बिघटन गर्दै देशमा अस्थिरता, तानाशाहीपना, अराजकता लगायत सर्वसत्तावाद लाद्न खोजेको बताए । साथै उनले निर्मला हत्या काण्ड जस्ता ठुला र अपराधीक घटनाहरु सरकारकै सम्लग्नतामा भएको आरोप लगाए ।

यस्तै कार्यक्रमका अर्का बिशिष्ट अथिति कांग्रेस अछामका पूर्व पार्टी सभापति पुष्पबहादुर शाहले देशमा अब कांग्रेसको विकल्प नरहेको दाबी गरे । जनताले एक पटक नेकपालाई बहुमत दिएर बिचार गरिसकेको र सो पार्टीको सरकार असफल भैसकेको उल्लेख गरे । देशमा अमन चयन, शान्ति, विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नै देशको नेतृत्व गर्नुपर्ने उनको भनाई थियो ।

शाहले वर्तमान सरकार भ्रष्टाचार ,महङगि ,कालोबजारि र जनतालाई विभिन्न बहानामा कर थुपार्ने काम भन्दा अरु केहिपनि उपलब्धिमुलक कार्यक्रम गर्न नसकेको समेत प्रष्ट पारे ।

बिरोध प्रर्दशन परिचालन समितीका संयोजक नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवंम महाधिबेशन प्रतिनिधी पदमराज अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँरले प्रधानमन्त्री केपी ओलीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही रूपमा संसद विघटन गरेर ठुलो गल्ती गरेको बताए । संविधानको घाटी निमोठदै संविधान ल्याउदा गरेको बलिदानको अवमुल्यन गरेको प्रति उनले आक्रोश व्यक्त गरेका थिए । सर्वोच्चको आदेश सबैले मान्नुपर्ने बताउदैँ कुवँरले यदि देश चुनावमा अघि बढेमा कांग्रेस पनि नडराएर तयार हुनुपर्ने उल्लेख गरे।

बिरोध सभामा नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइ, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बिष्णु भण्डारी, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ जिल्ला अध्यक्ष झनक राज जैसी, नेपाल बार यसोशीयन जिल्ला शाखा अछामका अध्यक्ष गणेश ढुङ्गाना, प्रजातान्त्रिक महासंघ जिल्ला अध्यक्ष अर्जुन ताम्राकार, स्वास्थ्यकर्मी संघका केन्द्रिय प्रतिनिधि झपटराज ढुंगाना, खुद्रा ब्यापार संघका अध्यक्ष नामसिंह धामी, कलाकर्मी संघका भोजराज भाट, सिडेनका अछाम जिल्ला अध्यक्ष इन्जिनियर सरोज शाह लगायत अन्य सुबेच्छुक संस्थाका अध्यक्ष एवंम प्रतिनिधिले मन्तव्य राख्दैँ नेकपाको सरकारले देश र्बबादी तर्फ धकेलेकाले सड्कमा ओर्लनु परेको बताएका थिए ।

कांग्रेसका सुबेच्छुक संस्थाहरुको आयोजनामा भएको बिरोध सभा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद लगायतका विभिन्न नारा छातीमा टाँसेर बिपी स्मृती भवन मंगसेनबाट सुरु गरिएको मौन र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस केन्द्रको सर्कुललर अनुसार शुभेच्छुक संस्थाहरुले देशभरी प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत अछाम जिल्लामा पनि मौन याली सहित बिरोध प्रर्दशन गरिएको हो । कार्यक्रमको संचालन प्रेस यूनियन अछामका सचिव सुशिल भण्डारीले गरेका थिए।