मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्षा संगै हिमपातको चिसोले अछामका लेकाली भेगमा जनजिवन प्रभावित

बर्षा संगै हिमपातको चिसोले अछामका लेकाली भेगमा जनजिवन प्रभावित


अछामः जिल्लाका ग्रामिण तथा लेकाली भेगहरुमा बर्षात संगै हिमपात र चिसोले जनजिवन प्रभावित बनेको छ । अछामका मुख्य केन्द्रविन्दु मंगलसैनको ठुलासैन, पञ्चदेवलको विनायक, कमलवजार, ढकारी र बान्नीगढिको छातासेन तिर चिसोकै कारण आम नागरिकले हैरानी खेपिरहनु परेको छ ।

यस बर्ष हिउँदे बर्षात अलि ढिलो भएका कारण यस क्षेत्रका खेती किसान हरुलाई थोरै राहत पुगे पनि अन्य नागरिकको दैनिक जिवन निर्वाहमा चिसोले थप चुनौती थपेको छ । ग्रामिण तथा लेकाली भेगहरुमा बिहिबार देखीको निरन्त बर्षातले आवातजावत, खाना पकाउन,नुहाउन र अन्य दैनिक काम कार्यमा प्रभावित पारेको छ ।

भौगोलिक दृष्टिकोणले उच्च लेकाली भेगहहरुमा चिसो मौषमका कारण धारामा खानेपानी समेत अत्याधिक चिसो आउने भएका कारण सहजै रुपमा चिसो पानीलाई ग्रहण गर्न सकिने अवस्था नरहेको स्थानियहरुले गुनासो गर्ने गरेका छन ।

गत बर्ष अलि चाँडोनै हिउँदे बर्षात सुरु भए पनि यस बर्ष गहुँ बाली तथा अन्य बालीनालि पाक्नै लागेका बेला सुरु भएको बर्षातले किसानहरु थप मर्कामा परेको देखिन्छ ।

गत बिगत बर्षहरुमा बर्षात र हिमपातले किसानहरुको खेतबारीमा निम्त्याएको मुख्य समस्या समाधानमा यस क्षेत्रका किसानले भोगेको समस्या र बर्षातले सखाप पारेको गहुँ खेततीको तथ्याकं समेत संकलन हुन सकेको छैन।