मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरुषको पनि स्तन परीक्षण !

पुरुषको पनि स्तन परीक्षण !


भक्तपुर– भक्तपुर नगरपालिकाले पाठेघर शिविर सम्पन्न गरेको छ । नगरको वडा नम्बर ९ र सोही वडाको महिला स्वास्थ्य परिचालन समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।

दत्तात्रय आधारभूत विद्यालय प्रांगणमा भएको शिविरमा २ सय ७ जना महिलाको पाठेघर तथा स्तन परीक्षण गरिएको थियो । साथै, १४ जना पुरुषको पनि स्तन परीक्षण भएको थियो ।

कार्यक्रम उद्घाटन गर्दैै नगरप्रमुख सुनील प्रजापतिले समयमै स्वास्थ्य परीक्षण गर्न नगरबासीलाई आग्रह गरे । भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वातावरणीय प्रदूषण, परिवर्तित जीवनशैली र खानेकुरामा मिसावटका कारण रोग बढिरहेको बताए ।


भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रूपम पाण्डेले पाठेघरको मुखको क्यान्सरबारे जानकारी दिँदै समयमै रोग परीक्षण गरे उपचार सहज हुने जानकारी दिए ।

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्स एवं नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा परीक्षण गर्ने सबैलाई निःशुल्क औषधी वितरण गरिएको थियो । – पालिकाखबर