मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामको साधारण सभा माघ २९ गते साफेबगरमा हुने

पत्रकार महासंघ अछामको साधारण सभा माघ २९ गते साफेबगरमा हुने


अछाम : नेपाल पत्रकार महासंघ अछामको साधारण सभा माघ २९ गते साफेबगरमा हुने भएको छ । नेपाल पत्रकार महासंघ अछामको शाखाको आज बसेको बैठकले शाखाको साधारण सभा भब्यताका साथ साफेबगरमा माघ २९ गते गर्ने निर्णय गरेको हो ।

कार्यबाहक अध्यक्ष खम्म खत्रिको अध्यक्षतामा बसेको बैठकले पत्रकार महासँघ अछामको भवन निर्माणका लागी निशुल्क जग्गा आवश्यक परेकाले निशुल्क रुपमा जग्गा उपलब्ध गराउनका लागी सुचना प्रशारण तथा प्रकाशन गर्ने र नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावलका वुवाको निधन प्रती शोक प्रस्ताब समेत पारित बैठकले गरेको छ ।

बैठकमा पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष राम बहादुर कुवर, जनकराज भण्डारी, केन्द्रिय पार्सद टँक प्रसाद रिमाल, प्रदेश पार्सश चन्द्र थापा, समितीका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो ।

बैठकको संञ्चालन सहसचिव तपेन्द्र धामीले गर्नु भएको थियो ।