मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका विभिन्न पालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु

अछामका विभिन्न पालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु


अछाममा राष्ट्रिय परिचय पत्र वितरण सुरु भए संगै जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका – ५ लयाँटी मा पनी वितरण सुरु भएकाे छ । देशव्यापी रुपमा सुरु भएकाे राष्ट्रिय परिचय पत्र नगरका विभिन्न वडा संगै लयाँटीमा अाज बाट राष्ट्रिय परिचय पत्रकाे लागि दरखास्त फारम भर्ने कार्य सुरु भएकाे हाे । अाज पहिलाे दिन वडाका करिब ९० जनालेपरिचय पत्रका लागि फारम भरेकाे वडा नम्बर ५ लयाँटीका रुजु गर्ने अधिकारी तथा नवज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक खम्मराज बुढाले जानकारी दिए । अाज पहिलाे दिन भएकाले प्रायः नागरिकलाई जानकारी भइनसकेकाे र अबकाे करिब ५ दिन सम्म निरन्तर सेवा दिने उनले बताए । लयाँटी स्वास्थ चाैकी नजिकै बबाचाैरबाट वितरण कार्य सुरु भएकाले परिचयपत्रकाे लागि दरखास्त फारम भर्न अाउँदा नेपाली नागरिकताको सक्कल प्रतिलिपी , उपलब्ध भएसम्म बाबू/ अामाकाे नागरिकताको प्रतिलिपि , नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा साे खुल्ने प्रमाण वा गाउँपालिका/ नगरपालिकाकाे सिफारिस अनिवार्य साथमा लिएर अाउन अधिकारी बुढाले अनुराेध गरेका छन । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र सबै नागरिकलाई पुर्याउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएकाे छ सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र शुरु भएको जनाइएको छ ।