मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडक्रसले आफ्नो सिद्धान्तमा रही पहिचान कायम गर्नुपर्छ : नगरप्रमुख बडुवाल

रेडक्रसले आफ्नो सिद्धान्तमा रही पहिचान कायम गर्नुपर्छ : नगरप्रमुख बडुवाल


बाजुरा – बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले रेडक्रसका सात सिद्धान्तमा रही उसको पहिचान गुमाउनु नहुनेमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको १८औं जिल्ला समा उद्घाट समारोहमा बोल्दै नगर प्रमुख बडुवालले रेडक्रसलाईै संस्थागत विकास गर्नुपर्ने बताएका छन् । 

निष्पक्ष र तटष्ठतामा रहेको एक  उक्त संस्थालाई संस्थागत विकासका लागि जिल्लाका स्थानीय तहसंग समन्वय र सहकार्य गर्दै पिवदमा परेकाहरुलाई राहत र उद्धारमा एकता हुनुपर्ने बताए । 
रेडक्रस कुनै घट्ने संस्था नभइ हरेक अवस्थामा बढाउदै संस्थाको मान्यतालाई उच्च बनाउन सबै उक्त संस्थामा आवद्ध रेडक्रसकर्मीले एकताबद्ध भएर लाग्नुको विकल्प नरहेको नगर प्रमुख बडुवालको भनाई रहेको छ । 

विपदका बेला संयम र सहनशिल र मानवता भाव राखेर सेवामा तत्परता देखाउदै संस्थालाई उदाहरणी बनाउन सबैले लाग्नुपर्ने बडुवालले भने । जिल्ला सभा कार्यक्रममा नेकपाका नेता दीलबहादुर कुवँरले रेडक्रसले गर्ने काम कर्तव्य र गतिविधी भन्दा बाहिर गएकाले सजग हुन आग्रह गरेका छन् । 

राहत वितरणका नाममा आफन्त र रेडक्रसको जिल्ला तहको नेतृत्वमा रहेकाले मनोमानी रुपमा वितरण गर्ने आरोप लगाएका छन् । रेडक्रस एक पवित्र संस्था भएकाले विपदमा परेका नागरिकलाई समान व्यवहार गर्नुपर्ने नेकपा जिल्ला कमिटी सदस्य कुवँरले बताए । 

रेडक्रस मानवीय सेवाभाव भन्दा पनि राजनिति गर्ने थलोका रुपमा प्रयोग हुदै आएकाले यस्ता कार्य तक्काल रोक्नुपर्नेमा जोड दिएका छन् ।  प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले रेडक्रस बाजुराले यस वर्षको विपदका बेलामा राहत र उद्धारका कार्यमा महत्वपूर्ण भुमिका खेलेको प्रशंसा गरेका छन् । 

उनले विपद व्यवस्थापनमा अन्य कार्यमा उद्धारको भूमिका सकारात्मक र निपष्क्ष रहेको विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बाजुरा शाखाका वरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले जिल्लामा रगत अभाव हुदै आएकाले ब्लड बैंक समेत सुचारु हुन नसकेको बताएका छन् ।

उनले रेडक्रस परियोजना र पैसा मुखी भएकाले जनताको सेवामा खासै चासा नदेखाएको शाहीले आरोप लगाएका छन् । जिल्ला सभामा बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित,उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया,बाजुरा क्याम्पसका क्याम्पस प्रमख सुरेश प्रसाद पण्डित,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका निवर्तमान सभापति दीलबहादुर बुढा,पुर्व सभापति जहरसिं थापा र सहभागी सबै उप शाखाको तर्फबाट कुल्देवमाण्डौ उपशाखाका सभापति भक्तराज जोशीले शुुभकामना मन्तव्य राखेका थिए । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सभापति रमबहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल प्रमुख अतिथी रहेका थिए । 

जिल्ला सभामा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे,नेकपा नेता दिल कुँवर,बडीमालिका नगरपालिका ८ का वडाध्यक्ष प्रकाश रावल विशिष्ट अतिथी  थिए । कार्यक्रममा सुरक्षा निकायमा प्रमुख विद्यालयका प्रधानाध्यापक,पत्रकार शाखामा प्रतिनिधीहरुको सहभागी थिए । 

रेडक्रस शाखाका मन्त्री मेखराज जैशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखा उप सभापति उमा थापा(कटुवाल)ले गरेकी थिइन् । जिल्ला सभा नगरपालिकाको हलमा संचालन भएको हो ।