मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव अधिकार तथा शान्ति समाज अछामद्वारा नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछामद्वारा नयाँ नेतृत्व चयन


अछाम : नया नेतृत्व चयन गर्दै मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा सम्पन्न भएको छ।

समाजले जिल्ला सभापतिमा पदम बहादुर शाह, उपसभापति सुशील भण्डारी, सचिव तेजनारायण शर्मा पौडेल, काेषाध्यक्ष सरस्वती नेपाली, सहसचिव रुपक चन्दलाई सर्बसम्मत चयन गरेको हो।

यस्तै समाजको सदस्यमा महेश जैसी, खडग बहादुर बिष्ट लगायत ११ सदस्य रहेका छन् ।

शाखाका अध्यक्ष हिक्मत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट रहनुभएको थियो भने विशिष्ट अतिथि
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदन बहादुर कुवर रहेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगाना ,नेकपा जिल्ला सचिवालय सदस्य नमराज न्यौपाने ,मंगलसैन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी,मानव अधिकार तथा शान्ति समाजकापुर्व अध्यक्ष सन्कर रावल ,खडक भण्डारी लगायतको उपस्थित रहेकोे थियो ।

शाखाका निवर्तमान उपसभापति मेनुका ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन तेज,नारायण शर्मा पौडेलले गरेका थिए।