मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राकृतिक द्धन्द्ध रुपान्तरणमा माकुरा समुह विनायकले के गर्दैछ ?

प्राकृतिक द्धन्द्ध रुपान्तरणमा माकुरा समुह विनायकले के गर्दैछ ?


अछाम: दिगो शान्तिका लागी उन्नत सम्बन्ध भन्ने मुल नारा बोकेको प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल अन्र्तगत माकुरा समुहको क्षमता विकास तथा नेतृत्व हस्तानत्रण सम्वन्धि ३ दिने तालिम विनायकमा सञ्चालन भएको छ ।

बिबाद रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको माकुरा समुह विनायकले पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर १ कुइकाको लिति सल्लेरी सामुदायिक बन र कमलवजार नगरपालिका वडा नम्वर ५ कुइकाको भेरी छडा नावासेन बनका बिषयमा उपभोक्ता समिती बिच उत्पन्न बिबादलाई रुपान्तरण गर्न उक्त तालिमको सन्चालन गरिएको हो । दुइवटै सामुदायिक बनका उपभोक्ताहरु बिच फाटेको सम्बन्ध सिलाउन र दिगो शान्ति तथा उन्नत सम्बन्ध कायम गर्न तालिमको आयोजना गरिएको प्राकृतिक द्धन्द्ध रुपान्तरण अछामका राष्ट्रिय स्रोत ब्यक्ति टंक बहादुर भण्डारीले जानकारी दिए ।

यस संस्थाले बहुसरोकारवाला द्धन्द्ध रुपान्तरण र सामुदायिक मेलमिलाप अभियान गरि दुईवटा अभियानलाई मुख्य रुपमा अगाडी बढाएको छ । जल जंगल र जमिन संग सम्बन्धित बृहत खालका बहुसरोकारवाला विवादहरुलाई सम्वन्ध सुधार सहित रुपान्तरण गरि समुदायमा शान्ति स्थापनाका लागी बहुसरोकारवाला द्धन्द्ध रुपान्तरण अभियान देशका १८ वटा जिल्लामा सञ्चालन रहेको छ ।
बिगत सात बर्ष देखी शान्तिपुर्ण र सु संस्कृत समाज निर्माणमा क्रियाशिल रहेको यो संस्थाले बिछोडिएका मनहरुलाई एकबद्ध गर्दै मिलनको विन्दु सम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

वडा नम्वर २ विनायकका वडा सदस्य ललित शाहीको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथी पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तथा न्यायिक समिती सदस्य सज्जन बहादुर शाही रहनु भएको छ । माकुरा समुह पञ्चदेवल विनायक नगरपालिकाका ७ जना र कमलवजार नगरपालिकाका ७ जना गरि १४ जनाको तालिममा सहभागिता रहेको छ ।

यस संस्थाका राष्ट्रिय स्रोत ब्यक्ति टंक बहादुर भण्डारीले स्वागत गरेको तालिमको सञ्चालन सहजकर्ता पार्वती रावल र सहजिकरण डोटीका राष्ट्रिय स्रोत ब्यक्ति लोक बहादुर थापाले गरिरहनु भएको छ ।