मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ए ! जिन्दगी अब के नै छ र ?

ए ! जिन्दगी अब के नै छ र ?


  • अमरदीप शर्मा

आउने जाने रमाई रहुन चौतारीको वर
तिम्लाई सोध्न ए! जिन्दगी अब के नै छर?

आधी चल्दा यात्री भाग्छ हुन्छ एक्लो साक्षी
पहिरोबाट बचाउन कस्लाई गरोस कर !

दृश्य अब बद्लिसक्यो डिलको दाग बोल्ने गरि
भत्किने यो जमिनको दोश के नै हो र ?

आज यात्री याद गर्छ उकालोको सुस्केरामा
गुणगान हिजो कै हो आज छैन वर !!!

पानी झर्दा ओत लाग्ने यात्री पनि बाचेकै छ
साक्षी केवल यात्री नै हो उसकै छैन थर,