मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ७ वटा मतदानस्थल थपिने, हालसम्म मतदान गर्न योग्य संख्या १ लाख ५० हजार बढी

अछाममा ७ वटा मतदानस्थल थपिने, हालसम्म मतदान गर्न योग्य संख्या १ लाख ५० हजार बढी


अछाम : अछाम जिल्लामा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने कामको थालनी गरिएको छ । साबिकका १२९ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेकोमा ७ वटा नयाँ मतदानस्थल थपिने भएको छ ।

सोही बिषयमा छलफल भएको निर्वाचन कार्यालय अछामले जनाएको छ । जिल्लाको साफेबगर नगरपालिका वडा नं. ३, ढकारी गाउँपालिका ६ र ७, तुर्माखाद गाउँपालिका ८ का मतदातालाई अन्यत्र भोट हाल्ने व्यवस्थाका लागी प्रस्ताब आएको निर्वाचन कार्यालयका सुचना अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिए ।

प्रस्तावको तथ्यगत र कागजी प्रमाणको आधारमा मतदानस्थल र केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा सिफरिस गर्ने कार्यबिधि रहेको छ । निर्वाचनका लागी बैठक बस्ने र प्रशासनिक रुपमा समेत काम अघि बढिरहेको सुचना अधिकारी थारुले बताए ।

मतदाता नामावली अद्यावधिकका लागी स्थानीय तहको केन्द्रमा फोटो सहितको मतदाता नामावली पठाउन थालिएको बताईएको छ । आउदो १५ गतेबाट स्थानीय तहको केन्द्रमा पुगेर त्रुटी सच्याउने, दाबी बिरोध गर्ने काम अघि बढेको उनले जानकारी दिए ।

यस्तै कार्यालयले बिधालय स्तरिय निर्वाचन शिक्षा कार्यक्रम समेत सचालन गरेको छ । तुर्माखाद गाउँपालिका र मंगसेन नगरपािलका गरेर तीन माध्यामिक बिधालयमा निर्वाचन शिक्षा कार्यक्रम सकिएको र दश स्थानीय तहका १५ माबीमा निर्वाचन शिक्षा कार्यक्रम तय गरिएको छ ।

गएको पुष ५ गतेसम्म अछाममा मतदान गर्न योग्य संख्या १ लाख ५० हजार ८४ जना रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।