मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान रामारोशनमा सुरु

राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान रामारोशनमा सुरु


अछाम : जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना दर्ता शिविर अभियानकै रुपमा सञ्चालन गरिएको छ। सोहि अन्तर्गत रामारोशन गाउँपालिकामा पनि सो अभियान सुरु भएको हो ।

बुधबार गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भास्करले शिबिर मार्फत आफ्नो विबरण दर्ता गरि अभियान उद्घाटन कार्यको थालनी गरे ।

अध्यक्ष साउदले आफ्नो विवरण दर्ता गरे संगै सबैलाई समयमै शिविर सञ्चालन भएका स्थानमा गई आफ्नाे विवरण दिन अनुराेध गरे । नेपाल सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिरहेकाले सोहि अनुसार विवरण दिन स्थानीयलाई उनले आग्रह गरे ।

रामारोशन गाउँपालिकाले विवरण संकलन अभियान लाई महत्त्व दिएर विवरण संकलन कार्य भैरहेकाे पालिकाका एम आईएस अपरेटर दल बहादुर साउदले बताए । गाउपालिकाका वडा न. १,२ र ३ को विवरण दर्ता कार्य मुजाबगरबाट र अन्य वडाको विवरण दर्ता कार्य सम्बन्धित वडाहरुबाट भईरहेको उनले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र नबनाएका सम्पुर्ण व्यत्तिहरुले सम्बन्धित स्थानबाट विवरण दर्ता गर्न पालिकाले आग्रह गरेको छ ।