मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय महिला लिग आजबाट

राष्ट्रिय महिला लिग आजबाट


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट राष्ट्रिय महिला लिग सुरु गर्दैछ। कोरोना महामारीका कारण लामो समय रोकिएको महिला लिग आजबाट सुरु हुन लागेको हो।

महिला लिगका साथै दशरथ रंगशालामा फुटबल फर्किएको छ। आजको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजक एन्फाले जनाएको छ।

दशरथ रंगशालामा पछिल्लो पटक फागुन ३ गते यता फुटबल भएको थिएन। कोरोना महामारीपछिको पहिलो खेल भएकाले एन्फाले आज सबै दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।

उद्घाटन र समापन खेल दशरथ रंगशालामा भए पनि बाँकी बै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। एन्फाले यो वर्षदेखि महिला टिममा चारजना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ, जहाँ एउटा टिममा २३ खेलाडी र सात अफिसियलसहित ३० जना रहन पाउने व्यवस्था छ।

आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

प्रतियोगितामा सात टिमको सहभागिता छ। चौदण्ढीगढी नगर, आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको एफीएफ, विराटनगर महानगर, वालिङ नगर, चन्द्रपुर नगर र पुलिस टिम छन्।