मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुलिसविरुद्ध सुदूरपश्चिम ११० रनमै अलआउट

पुलिसविरुद्ध सुदूरपश्चिम ११० रनमै अलआउट


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामाअन्तर्गत सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई १११ रनको सामान्य लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११० रन बनायो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । त्यस्तै, सन्जु धामीले ३५ रन बनाउँदा अरुण ऐरीले १३ रन जोडे ।

बलिङतर्फ पुलिसका लागि सागर ढकालले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सागरले तीन मेडन ओभर फालेर १८ रन खर्चे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए । दीपेन्द्रले ६ ओभर १ बल बलिङ गरेर दुई मेडन ओभर फाल्दै १० रन खर्चे ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा पुलिस वाग्मती प्रदेशसँग पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम पनि वाग्मती प्रदेशसँग पराजित भएको थियो । दुवै टोली वाग्मतीसँग ठूलो अन्तरले पराजित भएका थिए ।