मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुदूर आज

होम साउद, अछाम : मंगलसेन नगरपालिकामा चालु आर्थिक वर्ष २०७७।७८ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका मार्फत चालु क्आर्थिक वर्षको ६ महिनामा भए गरेका क्रियाकलाप र सम्पादीत कामकार्यको समिक्षा गरिएको हो ।

नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमका अवसरमा बिभिन्न शाखागत रुपमा कार्यप्रगतीको अवस्थाबारे जानकारी गराईएको थियो भने शाखागत प्रस्तुतीकरण पछि छलफल समेत गरिएको थियो । ६ महिनाको अवधिमा समग्र नगरको बजेट कार्यान्वयनको अवस्था कुल बजेटको २७ प्रतिशत रहेको देखीएको छ ।

यस्तै राजश्व संकलनके अवस्थामा पनि सुधार भएको जानकारी गराईएको थियो । छलफलका क्रममा हालसम्म विकास बजेट न्यून खर्च भएको, कर्मचारीको ब्यवस्थापन प्रभावकारी हुनुपर्ने, योजना सम्झौता कार्य तत्काल गर्नुपर्ने र निर्दिष्ट कार्यक्रमलाई तत्काल अघि बढाउनुपर्ने विषयमा छलफल गरिएको छ ।

बितेको ६ महिनामा भएका राम्रा कार्यको अनुसरण गर्दै आर्थिक वर्षको आगामी ६ महिनालाई अझ प्रभावकारी बनाउन सबै जनप्रतिनिध र कर्मचारी सक्रिय हुनुपर्ने निष्कर्ष निकालिएको छ । समिक्षा कार्यक्रमको समापन गर्दै नगरप्रमुख पदमबहादुर बोहराले नगरलाई समृद्ध र सेवालाई प्रभावकारी बनाउन सबै कर्मचारीहरुले तोकिएको काम कार्यलाई प्रभावकारी बनाउनपर्ने बताए ।

समग्र नगरको हितका लागि राम्रो काम गर्नेलाई पुरस्कार र तोकिएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई दण्डित गरिने बताए । सदरमुकामको पालिका भएका कारणले पनि अन्य पालिकालाई सिकाई हुने खालका नमूना कार्य गर्न सबै कर्मचारी र जनप्रतिनिधि प्रयत्नशील हुनुपर्ने नगरप्रमुख बोहराको भनाई छ ।

समिक्षा कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । बिभिन्न शाखाका प्रमुखहरुले शाखागत प्रस्तुतीकरण राख्नुभएको समिक्षा कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गरेका थिए।