मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व राष्ट्रसेवक कर्मचारी समाज टीकापुरको अध्यक्षमा रिमाल

पुर्व राष्ट्रसेवक कर्मचारी समाज टीकापुरको अध्यक्षमा रिमाल


टिकापुर : पूर्व कर्मचारीहरूको गठित संस्था पूर्व राष्ट्रसेवक कर्मचारी समाज टीकापुरको प्रथम अधिवेशन टीकापुरमा सम्पन्न भएको छ । साधारण सभाले समाजको अध्यक्षमा पुनः जगनाथ प्रसाद रिमाललाई चयन गरेको छ ।

समाजका अध्यक्ष रिमालको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि कैलाली जिल्ला क्षेत्र नं एक प्रदेश नं ‘ख’ का प्रदेश सांसद तथा सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षि दलका नेता डा. रण बहादुर रावल रहेका थिए । प्रमुख अतिथि रावलले अधिबेशनको उद्घाटन गर्दै राष्ट्रसेबक भै गरेको कामको अनुभव टीकापुर क्षेत्रको बिकासका लागि लगाउनुपर्ने बताए ।

उनले संस्था खडा गरेर मात्र नहुने र यसलार्ई आफ्नो उद्देश्य अनुरूप काम गर्न सक्नुपर्ने बताए । रावलले ‘सेवामा रही राम्रो काम गरेवापत ईलाक प्रहरी कार्यालय टीकापुरका प्रहरी हवल्दार गणेश बहादुर सेट्टीलाई कदरपत्र सहित सम्मान गरेका थिए ।

टीकापुर नगरपालिकामा बसोबास गरिरहेका सम्पूर्ण नेपालभित्र र बिदेशमा सरकारी सेवामा रही अबकास प्राप्त तथा विभिन्न कारण सरकारी सेवा छोडेका राष्ट्रसेवक कर्मचारीमा सरकारी कर्मचारीहरू शिक्षा, स्वास्थ्य, वन, सेना, प्रहरी सेवा लगाएत सरकारी तलब भत्ता खाने भूपु कर्मचारीको बैधानिक संगठन, भूपु राष्ट्रसेवक कर्मचारी समाजले माघ ५ गते आफ्नो साधारण सभा टीकापुरमा सम्पन्न गरेको हो ।

कार्यक्रममा कोषाध्यक्ष तारा प्रसाद अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । यस्तै समाजका अध्यक्ष जगनाथ प्रसाद रिमालले बार्षिक प्रतपबेदन पेश गर्दै संस्था दर्ता गर्दाका बखत अठचालीस जना मात्र भएकोमा हाल बैसठ्ठी जना आजीबन सदस्य रहेको बताए ।

भेला उद्घाटन र बन्दसत्र गरी दुई भागमा बिभाजन गरि चलाईएको थियो । भूपु राष्ट्रसेवक कर्मचारी समाजको भेलाले अध्यक्षमा जगनाथ प्रसाद रिमाल, उपाध्यक्षमा मान बहादुर शाही, महासचिबमा निरक बहादुर रावल, सचिवमा बल बहादुर रावल, कोषाध्यक्ष तारा प्रसाद अधिकारी, सदस्य बृद्धि बहादुर शाह, हर्क बहादुर कुँवर, शेर बहादुर विष्ट, भिम बहादुर शाहलाई चयन गरिएको छ ।

स्वागत समाजका उपाध्यक्ष मान बहादुर शाहीले गरेको कार्यक्रमको संचालन तारा प्रसाद अधिकारीले गरेका थिए । अछाम ढकारी २ हिच्मा स्थायी निवासी अध्यक्ष रिमाल अछामको स्वस्थ्य क्षेत्रबाट निबृतिभरण कर्मचारी हुन।