मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएम कप : कर्णालीले गण्डकीलाई ५ विकेटले हरायाे

पीएम कप : कर्णालीले गण्डकीलाई ५ विकेटले हरायाे


तस्बिर : कर्णालीका हिमांशु शाही, क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले हराएको छ । गण्डकी प्रदेशले दिएको दुई सय पाँच रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेट गुमाएर भेट्टायो । 

राष्ट्रिय प्रतियोगितामा कर्णालीकाे यो पहिलो जित हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै विपिन रावलले ४९, राज शाहले ३२ रन बनाए । गण्डकीका विपिन खत्रीले चार विकेट लिए । 

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४२ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । गण्डकीका राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले ।

अर्जुन कुमालले ४६ तथा कप्तान विपिन खत्रीले ३२ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । जितसँगै कर्णालीले दुई खेलमा दुई अङ्क जोडेको छ ।