मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभिन्न पाटी परित्याग गरि अछाममा ४ दर्जन बढी काङ्ग्रेसमा प्रवेश

विभिन्न पाटी परित्याग गरि अछाममा ४ दर्जन बढी काङ्ग्रेसमा प्रवेश


अछाम : नेपाली काङ्ग्रेस कमलबजार नगरपालिका वडा नम्बर १ मुलिको दोस्रो वडा सम्मेलन भएको छ ।

वडा सभापति तेजबहादुर बिष्टको सभापतित्वमा भएको उक्त कार्यक्रमका नेपाल कम्युनिस्ट पाटी अछाम र राप्रपा परित्याग गरि ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

नगर कमिटी सचिवालय सदस्य लोकेन्द्र नेपालीको नेतृत्वमा चार दर्जन बढी नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश भएका हुन् । कम्युनिस्ट सरकारले गरेका गतिविधि बाट आजित भइ आफुहरु काङ्ग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहेका थिए । नव प्रवेशीहरुलाइ उहाँले काङ्ग्रेस पाटीम स्वागत गर्नुभएको हो ।