मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई नेपालको आग्रह

ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई नेपालको आग्रह


काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन्।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘तपाईंहरु खोजी पत्रकारिता गर्नुस् केपी ओलीको बारेमा। २०२८ सालदेखिको फेहरिस्त लेख्नुस्।

जेलभित्रको कुरा लेख्न्स्। मदन भण्डारी महासचिव भएको बेलाको कुरा खोज्नुस्। मेरो, प्रचण्डको, वामदेव गौतमको हुर्मत लिएको कुरा लेख्नुस्।’

भेलालाई पत्रकार नारायण वाग्ले, किशोर श्रेष्ठलगायतले सम्बोधन गरेका छन्। पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपा विभाजित भएपछि पार्टी समर्थित पत्रकारहरु पनि विभाजित भएका छन्। दाहाल–नेपाल दुवै समूहले भेला बोलाएका छन्।