मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिलाई कांग्रेस नेता गुरूङको व्यंग्य– गफै त हो सम्धी !

राष्ट्रपतिलाई कांग्रेस नेता गुरूङको व्यंग्य– गफै त हो सम्धी !


काठमाडौं– नेपाली कांग्रेसका नेता धनराज गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यंग्य गरेका छन्। भण्डारीले ताजा जनादेशका बारेमा दिएको अभिव्यक्तिमाथि गुरूङले व्यंग्य गरेका हुन्।

राष्ट्रपति भण्डारीको शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको अभिव्यक्तिलाई गुरूङले ‘गफै त हो सम्धी’ भनेर व्यंग्य गरेका छन्। ‘महामहिम राष्ट्रपतिज्यूले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भन्नु भएछ।

राज्य सत्ताको आडमा सांसद अपहरण हुने देशमा शान्तिको कुरा संविधान विरीत संसद् विघटन गर्ने तर कुरा स्थिरताको,’ उनले व्यंग्य गर्दै ट्वीटरमा भनेका छन्, ‘पानीजहाज, चुच्चे रेल, घरघरमा ग्यास पाइप विकास पनि देखियो ! गफै त हो सम्धी !’