मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएम कप : बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत

पीएम कप : बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत


काठमाडौं– जारी प्रधानमन्त्री कपको पाँचौं खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले पूरा ओभरमा नौ विकेट गुमाएर २९९ रन बनाएपछि ३०० रनको लक्ष्य प्रस्तुत गरेको हो।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, आदिल खानले ६३ रनको योगदान दिए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२–३२ रन बनाउँदा पारस खड्काले २० रन जोडे।

यता सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान २–२ विकेट गिराए। एक विकेट लिनेमा विनोद लामा रहे।