मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले जनताको मतको अपमान गरे : भण्डारी

प्रधानमन्त्रीले जनताको मतको अपमान गरे : भण्डारी


अछाम : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य शरद सिंह भण्डारीले प्रधानमन्त्रीले ३ बर्षमा संसद विघटन गर्नु जनताको मतको अपमान गरेको बताएका छन् । नेपाली जनताले ७० बर्षपछी कम्युनिष्टलाई बहुमत दिएकाले अहीले केपी शर्मा ओलीले धोका दिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टि नेकपा कमलबजार नगर संगठन कमिटीले आयोजना गरेको बिरोध सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै नेता भण्डारीले व्यक्तिगत स्वार्थका कारण ५ बर्षको जनताको सरकारलाई ३ बर्षमै प्रधानमन्त्री ढलाउने खेलमा लागि परेको आरोप लगाए ।

नेकपा अछामका सह ईञ्चार्ज तथा सविधान सभा सदस्य समेत रहेका नेता भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधान र पार्टी एकताको रक्षार्थ सबै कार्यकर्ता एकताबद्ध भै आन्दोलनमा सरिक हुन आग्रह गरे ।

कमलबजार नगर संगठन कमिटी अध्यक्ष खेमराज जैसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा सविधान सभा सदस्य भरत साउद, प्रदेश सभा सदस्य एवं प्रदेश कमिटी सदस्य गोबिन्द कुवर, अक्कल रावल, प्रदेश कमिटी सदस्य झंकर बहादुर साउद, शंकर भण्डारी, बम बहादुर रावत, जोरासिंह बिष्ट, संबिधान सभा सदस्य जानकी साउद, जिल्ला पार्टी सचिव झपट साउद, जिल्ला कमिटी सदस्य बल बहादुर कुवर, नवराज साउद, दिपक अधिकारी, नमराज न्यौपाने, रण बहादुर बिष्ट, प्रेम खत्री, नयन सोडारी, राम नाथ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको संञ्चालन कमलबजार नगरकमिटी सचिव नरेन्द्र बजगाईले गर्नु भएको थियो ।