मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असंवैधानिक संसद विघठन विरुद्ध कांग्रेस रामारोशनद्वारा बिरोध प्रदर्शन

असंवैधानिक संसद विघठन विरुद्ध कांग्रेस रामारोशनद्वारा बिरोध प्रदर्शन


अछाम । प्रधानमन्त्री केपी शर्मा आलिको असंवैधानिक संसद विगठन बिरुद्ध नेपाली कांग्रेस रामारोशनले पनि गाउँ पालिकाको सेवा केन्द्र मुजाबगरमा बिरोध प्रदर्शन गरेको छ।

पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति द्रारा भएको संसद विगठनको विरोधमा नेपाली कांग्रेसले आज देश भरका स्थानीय तहमा विरोध कार्यक्रम अन्तरगत रामारोशनले पनि बिरोध रार्यालि सहित बजार परिक्रमा गरेर कोणसभा गरेको हो ।

नेपाली कांग्रेस रामारोशन गाउँपालिका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहेकी थिइन । कार्यक्रम नेपाली कांग्रेस जिल्ला सदस्य केश बहादुर बटाला अछाम क्षेत्र न १ प्रदेश सभा ख का सभापति डम्बर स्वार कांग्रेस युवा नेता पुष्प बिष्टले कार्यक्रम लाई सम्बोधन गर्दै यो सरकारका यो कदमका विरुद्ध जस्तो सुकै आन्दोलन पनि गर्न तयार रहेको बताएका छन ।

विरोध सभामा नेपाली कांग्रेस क्षेत्रिय सदस्य नेत्र रावल लाल बहादुर बोहरा शिक्षक संघका केन्द्रीय प्रतिनिधि काली बुढा तरुण दलका रेमति साउद परेक देवकोटा नेविसंघ जिल्ला सदस्य दल ब साउद महेश बटाला लगायतका नेताहरू सहभागीता रहेको थियोे ।

कार्यक्रमको स्वागत मन्तव्य गोपि प्रसाद खनाल र संन्चालन नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण वहादुर बिकले गर्नु भएको थियो ।