मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु

भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु


काठमाण्डाै – भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा र गम्भीर खालका बिरामीलाई खोप लगाइने छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । खोप अभियानलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप विकासका लागि वैज्ञानिकले कडा मेहनत गर्नुपरेको बताउनुभयो । 

भारतका राष्ट्रकवि रामधारी सिंहले मानिसले मेहनत गर्‍याे भने पानी पनि ढुङ्गा बन्छ भनेजस्तै वैज्ञानिकको मेहनतका कारण खोप निर्माण सम्भव भएको उहाँले बताउनुभयो । सम्बोधनकै क्रममा प्रधानमन्त्री मोदीले भावुक हुँदै सङ्क्रमितलाई आफ्नो घरबाट टाढा राख्नुपरेको, आमा आफ्नो बच्चाको लागि रोइरहनुपरेको तर बच्चाको नजिक जान नसक्ने अवस्था सिर्जना भएको, अस्पतालमा भर्ना भएकाहरुलाई भेट्नका लागि आफन्त जान नसकेको कुरा व्यक्त गर्नुभयो । 

यतिमात्र नभएर अन्तिम संस्कारमा समेत जान नसक्नु जस्तो अवस्थाको अब बिस्तारै अन्त्य हुने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीले भारतको खोप अभियान संसारकै सबैभन्दा ठूलो खोप अभियान भएको समेत बताउनुभएको छ । – उज्यालो