मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपतिनाथमा हिजो ५० हजारभन्दा बढीले दर्शन गरे, आज दिनभर बन्द

पशुपतिनाथमा हिजो ५० हजारभन्दा बढीले दर्शन गरे, आज दिनभर बन्द


ad
  1. समाज
ad

पशुपतिनाथ मन्दिर आज दिनभर बन्द, हिजो एकैदिन ५० हजारभन्दा बढीले दर्शन गरे

काठमाण्डौ – पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ ।

हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ । 

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए । काेराेना महामारीका कारण झण्डै ९ महिना बन्द भएकाे मन्दिर गएकाे पुष १ गतेदेखि खुलेकाे थियाे । 

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । पुस १५ देखि  आउँदो माघ २९ सम्म सौर र चन्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

यसैबीच हिजो एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । सामान्य दिनमा २० देखि ३० हजारको संख्यामा दर्शनार्थी पुग्ने गरेकोमा हिजो ५० हजारभन्दा बढीले दर्शन गरेका कोषका कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।