मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिन दुखीको भगवान बन्दै सोसेक दैलेख

दिन दुखीको भगवान बन्दै सोसेक दैलेख


सोसेक दैलेखद्धारा बिपन्न परिवारलाई सहयोग

अछाम : सामाजिक न्याय र रुपान्तरणका लागि काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कर्णाली प्रदेश संगै शुदूरका विभिन्न जिल्लाहरुमा आफ्नो सामाजिक सेवा बिस्तार गरेको छ ।

विशेषगरी दैलेखलाई लक्षित गरि यस क्षेत्रका विपन्न नागरिक तथा घर परिवारलाई सोसेक ले आयआर्जन हुने सिपमुलक कार्यक्रमहरु सञ्चालन गरेको छ ।

आठबिस नगरपालिका वडा नम्बर ३ जाक्सीको एक गाउँका ३५ जना न्यून बर्ग छनोट गरि बाख्रा पालन व्यावसाय,तरकारी खेती, खोर गोठ ससधार तथा सिँचाइका लागि पानी र रिचार्ज पोखरीको व्यवस्था समेत सोसेकले गरिदिएको लाभान्वित स्थानीय नागरिकहरु खुसी हुँदै बताउने गर्छन् ।

यस क्षेत्रका स्थानीय तथा विपन्न परिवारका अनुसार खेतीयोग्य जमिन आफु संग प्रयाप्त मात्रामा भए पनि उत्पादन र आय आर्जनका लागि स्थानिय सरकार बाट थोरै पनि राहत नपुग्दा दुख लागेको र अहिले सोसेक नेपालले यस भुमिको महत्त्व बुझेर लगानी गरिदिँदा खुसीले हर्षउल्लास स्थानीयहरु भएका छन ।

सामाजिक रुपान्त्रणका लागी सोसेक दैलेख सदैभ अग्र स्थानमा रहेर काम गरिरहने सामाजिक सेवा केन्द्र सोसेक दैलेखले जनाएको छ ।