मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनमा कुँवरले गरे दृष्टि फाण्डेसनलाई सहयोग

जन्मदिनमा कुँवरले गरे दृष्टि फाण्डेसनलाई सहयोग


अछाम : जन्मदिनको अवसरमा पारेर अछाम भइ हाल जापानमा रहेका लोकेन्द्रजंग कुँवरले धनगढीस्थित दृष्टि फाण्डेसनलाई सहयोग गरेका छन् ।

अछामको साँफेबगर नगरपालिका–१ शिद्धेश्वर घर भई हाल जापानमा रहँदै आएका कुँवरले दिवंगत आमाको सम्झनामा गर्दै छोरी (भतिजी)–ज्वाँई शुल कुँवर र अमर बोगटीमार्फत फाण्डेसनलाई सहयोग दिएका हुन् ।

थोरै भएपनि सहयोग होस् भनेर जन्मदिन मनाउने पैसाले आवश्यक सामग्री किनेर सुस्त मनस्थिति भएका महिलाहरुको हेरचाह गर्ने दृष्टि फाण्डेसनलाई सहयोग गरेको कुँवरले बताए । उनले सहयोग स्वरुप चामल, दाल, चिसोबाट बच्न कम्बललगायत २० हजार मूल्य बराबरको सामग्री उपलब्ध गराएका छन् ।

उक्त सामग्री कुँवरकी भतिजी शुल कुँवरले फाण्डेसनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिन् । सामाग्री ग्रहणपछि बोल्दै फाण्डेसनकी अध्यक्ष भट्टले सुस्त मनस्थिति महिलाहरुको समस्या बुझ्दै टाढाबाट सहयोग गरेको भन्दै कुँवरलाई धन्यबाद व्यक्त गरिन् । उनले यस्तै दाताहरुको साथ र सहयोगबाटै दृष्टि फाण्डेसन चलिरहेको बताइन् ।

उनका अनुसार अहिले फाण्डेसनमा ४० जना सुस्त मनस्थितिका महिलाहरु छन् । हालसम्म ४८ जना महिलाहरु निको भएर पुनस्थापित भइसकेको र आठ जनाको मृत्यु भएको भट्टले बताइन् ।

कुँवर नेपाली जनसम्पर्क समिति, कान्तो क्षेत्रीय समिति जापानका सचिव तथा नेपाली काँग्रेस अछामका आमन्त्रित जिल्ला सदस्य पनि हुन् । जापानमा बसेर कुँवरले अछाम लगायत सुदूरपश्चिममा दुःखी पीडितलाई सहयोग गर्दै आएका छन् ।

उनले निकट भविष्यमै अछाममा आफ्नो आमाको सम्झनामा कुनै एक सामाजिक क्षेत्रमा भौतिक संरचना बनाउने तयारी गरेका छन् । जुन आमालाई माया गर्नेहरुका लागि एक आकर्षक तस्बीर खिच्ने ‘हब’ बन्ने उनको दाबी छ ।