मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. गौचन नियुक्त

सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. गौचन नियुक्त


काठमाडौँ – देशको पहिलो प्रदेश स्तरीय सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्।

गण्डकी प्रदेश अन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा डा. गौचन नियुक्त भएका हुन् ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि न्याय  हेल्थ नेपालले संचालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा स्वास्थ सेवा निर्देशकको रुपमा कार्यरत थिए।

उनले अछाम बसेर १० बर्ष बढी सेवा दिएका छन् भने स्वास्थ्य क्षेत्र सुधारका लागि उल्लेख योग्दान समेत दिएका थिए।

बयालपाटा अस्पताल बाट उनले राजिनामा दिएका थिए। सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो।

सोहि घोषणा अन्तर्गत गण्डकी प्रदेश सरकारले अस्पताल संचालन संगै कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेद्वार आह्वान गरेको थियो।