मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको स्वास्थ्य क्षेत्रका लागि डा. गौचनले बिर्सन नसकिने गुन लगाएका छन् : सरोकारवाला

अछामको स्वास्थ्य क्षेत्रका लागि डा. गौचनले बिर्सन नसकिने गुन लगाएका छन् : सरोकारवाला


अछाम : डाक्टर विकास गौचनले बयालपाटा अस्पतालमा मात्र बिरामीको उपचार गरेनन् जिल्ला अस्पतालमा पुगेर पनि उपचार, शल्यक्रिया, तालिम, मेडिकल शिक्षा लगायतका काम गरेका छन् । उनले अछामका दुर्गम गाँउमा पुगेर शिबिर मार्फत पनि सेवा दिएका पनि छन् भने मिनिल्याप, भ्यासेक्टोमी लगायतका परिवार नियोजनका सेवा पनि जिल्लाका विभिन्न ठाँउमा पुगेर दिएका छन् ।
उनले बयालपाटा अस्पतालमा कार्यरत अन्य मेडिकल अधिकृत, एचए, सिएमए, स्टार्फ नर्स र अन्य कर्मचारीरुका लागि पहिलो पटक सिएमी कक्षाको सुरुवात गरेका थिए । डाक्टर गौचन जुनसुकै बेला पनि बिरामीको उपचारमा सक्रिय हुने मान्छे भएको सेवाग्राही बताउछन् ।

प्रस्तुत छ बयालपाटा अस्पतालमा स्वास्थ्य सेवा निर्देशक पदमा कार्यरत डाक्टर विकास गौचनले राजिनामा दिएपछि उनको काममको बारेमा सुदूरआजले जिल्लाका केहि प्रतिनिधीहरुसंग कुराकानी ।

नर बहादुर कुवँर
प्रमुख जिल्ला समन्वय समिती अछाम ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवँरले बिगतका दिन देखि नै डाक्टर गौचनले अछाम लगायत यस क्षेत्रका जनताका लागि राम्रो सेवा दिएको उल्लेख गरेका छन् ।

उनि राम्रो मान्छे हुन् कुवँरले भने तर पछिल्लो सयम यता केही व्यावस्थापनमा अलि कम्जोरी देखियो कि भन्ने मलाई लागेको छ ।

कुल बहादुर कुवँर
नगर प्रमुख, साँफेबगर नगरपालिका

जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पतालमा लामो समय देखि डाक्टर विकास गौचनले सेवा दिएको र उनको यस क्षेत्रका जनतामा राम्रो पहिचाँन बनेको बताए । ग्रामिण क्षेत्रमा बस्ने सिमितै मान्छे मात्र बस्छन् त्यो भित्र डा. गौचन पनि पर्छन नगर प्रमुख कुवँरले भने उनले व्यावहारिक ढंगले डियुटी समय भन्दा पनि अघिपछी दिनरात नभनेर सेवा दिएको बताए ।

डा. गौचनले अस्पतालको चिकित्सक सेवा मात्र नभई अन्य व्यावस्थापन क्षेत्रमा पनि उल्लेख काम गरेको नगर प्रमुख कुवँरको भनाई छ । दुरदराजमा यो लेभवलको मान्छे कमै बस्छन् नगर प्रमुख कुवँरले भने हामीले सानो तिनो कम्जोरीलाई नकरात्मक मै मात्र लिनु हुदैँन राम्रो कामको प्रशंसा गर्नुर्पछ । गाँउ ठाँउका जनता डाक्टर गौचनको सेवा प्रति खुशी नै रहेका आफुले देखेको नगर प्रमुख कुवँरको भनाई छ ।

सरस्वती रावल उपाध्यक्ष, रामारोशन गाँउपालिका

जिल्लाको रामारोशन गाँउपालिकाका उपाध्यक्ष सरस्वती रावलले डाक्टर विकास गौचनले अछाम जिल्लामा लामो समय यस क्षेत्रका जनता, महिला बिशेषगरी बिरामीको उपचारमा उत्कष्ट काम गरेको बताईन् ।

चन्द्र प्रसाद ढुंगाना
उपसभापती – नेपाली कांग्रेस अछाम ।
पूर्व अध्यक्ष – अछाम उद्योग वाणिज्य संघ ।

डा. गौचन संग आज भन्दा झण्डै ११ बर्ष अघि म आफु अछाम उद्योग वाणिज्य संघको अध्यक्ष हुदाँ पहिलो भेट भउको सुनाउदैँ नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले आफुले देखेको डा. विकास गौचन एकदमै राम्रो मान्छे रहेको बताए ।

उपसभापती ढुंगानाले बिरामीलाई सेवा दिने काममा डा. गौचन सधैँ उत्कृष्ट नै रहेको र कसैलाई अन्याय नगरेको बताए । अछामकै मान्छे भएपनि २ बर्षको जागिर अवधि जिल्लमा बस्न नरुचाउने परिपाटी भएका बेला डा. गौचन बाहिरको र पारिवारिक पृष्ठभुमी समेत राम्रो भएको मान्छे यसरी दुर्गममा बसेर अनवरत रुपमा गरिब, दिनदुखीको स्वास्थ्य सेवा गरेर आफु सन्तुष्टी लिने महान मान्छे भएको ढुंगानाको बझाई छ ।

बेद प्रकाश तिमिल्सैना
पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ, अछाम
सहसचिव एवंम प्रवक्ता नेपाली कांग्रेस अछाम ।


आफु रेडियो
रामारोशनमा कार्यकारी निर्देशक पदमा रहेको बलो डाक्टर गौचनसंग पहिलो भेट भएको सुनाउदैँ पूर्व अध्यक्ष तिमिल्सैनाले आफु पनि २/३ पटक उनिबाट उपचार लिन पाएको स्मरण गरे । उहाँले सेवा पाएका बिरामीसंग आफु एकाकार भएको सुनाउदैँ तिमिल्सैनाले दैलेख, कालिकोट र पूर्वी क्षेत्रका मान्छेले डाक्टर गौचनको सेवाबाट खुशी भएका आफुले पाएको बताए । राजनितिक कार्यकर्ता तथा पहिले पत्रकार भएको कारण पनि धेरै मान्छेले डाक्टर गौचनलाई उपचारका लागि भनिदिनु पर्यो भनेर आग्रह गर्ने गरेको तिमिल्सैनाले भने यो नै उहाँको जनता प्रतिको सेवा भाव प्रकट हो ।

आफु पत्रकार महासंघको अध्यक्ष हुँदा उहसंगको समन्वय एकदमै राम्रो रहेको र डाक्टर गौचन आम अछामीलाई सेवा दिने सवालमा कहिल्यै पछि नहट्ने स्वाभवका मानिस भएको भन्दै तिमिल्सैनाले व्यावस्थापकिय पाटोमा पनि उहाँले राम्रै भुमिका निर्वाह गरेको बताए । डाक्टर गौचन बयालपाटामा आएर जागिर भन्दा पनि बिशुद्ध सेवा भावले आएको र यस क्षेत्रका जनताले मन पराएको मान्छे भएको आफ्नो ठम्मयाई रहेको तिमिल्सैनाले बताए । डा. गौचन जत्तिको काम कुनै अछामीले पनि नगरेको भन्दैँ तिमिल्सैनाले अछामी जनताका लागि उहाँले धेरै राम्रो काम गरेकाले सबैले उहाँलाई माया गर्नुपर्ने बताए ।

झनक ढुंगाना
प्रमुख – स्वास्थ्य कार्यालय अछामका

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले डाक्टर विकास गौचन अछामको स्वास्थ्य क्षेत्र सुधारका लागि एकदम महत्वपूर्ण व्यक्ती भएको बताए । डा. गौचनले अछामले बिशेषज्ञ सेवाको हकमा निकै मेहनतका साथ धेरै काम गरेका छन् प्रमुख ढुंगानाले भने उनिबाट धेरै जनताले सेवा पाएका छन् ।

सुरुवातमा अछाममा बिशेषज्ञ चिकित्सक नभएको अवस्थामा अछाम, बाजुरा र डोटीका बिरामीका लाग डा. गौचन बरदान नै भएको ढुंगानाले बताए । जिल्ला अस्पतालमा पनि पुगेर सुत्केरी तथा गर्भवतीको लागि सेवा, मिनिल्याप, भ्यासेक्टोमी लगायतका परिवार नियोजनका उपचारमा समेत डा. गौचनको ठुलो योग्दान रहेको भन्दैँ ढुंगानाले बिशेषज्ञ सेवा आवश्यक भएका बिरामीका लागि उनले ठुलो काम गरेको बताए ।

खम्म खत्री
अध्यक्ष – नेपाल पत्रकार महासंघ अछाम।

नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले डाक्टर विकास गौचनको कामको धेरै प्रशंसा गर्न लायक रहेको बताए । विकट ठाँउमा आएर जनताका लागि ठुला ठुलो सेवा दिएको भन्दै अध्यक्ष खत्रीले देशका ठुला शहर मा मात्र पाउने सेवा यस क्षेत्रका जनताले घर दैलोमा पाएको बताए ।

यस्तै अध्यक्ष खत्रीले डाक्टर गौचन अहोरात्र खट्ने, धेरै लामो समय जिल्ला बस्ने मान्छे तथा सामाजिक तथा सेवा भावको व्यक्तीत्व भएकाले अछामी जनता, हामी पत्रकार तथा संचारकर्मीले उच्च मुल्यांकन गरेको बताए ।