मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लयाँटीमा त्रिपाल माथी विद्युतको कुलो

लयाँटीमा त्रिपाल माथी विद्युतको कुलो


जलविद्युतकाे कुलाे जिर्ण अवस्थामा

अछाम : जिल्लाको पञ्चदेवल विनायक जगरपालिका वडा नम्वर ५ लयाँटीमा रहेकाे बारलागाड लघु जलविद्युतकाे कुलाे जिर्ण अवस्थामा रहेकाे छ ।

तत्कालीन लयाँटी गाविसका ५ वटा वडामा प्रवाह भइरहेकाे जलविद्युतकाे कुलाे बाँध देखि पावर हाउस सम्मनै कच्ची भएका कारण समय समयमा बत्ती अवरुद्ध हुने गरेकाे छ ।

प्रभावकारी विधुत प्रसारण नहुँदा साबिकका वडा नम्बर् ५,६,७,८ र ९ का हजारौं सेवाग्राहीले बेला बेला टुक्किकाे सहायता लिनु पर्ने बाध्यता अाइलाग्ने गरेकाे हाे ।

जिर्ण कुलाे त्यसैमाथि त्रिपाल बिच्छ्याउँदै अालटाल गरेकाे काम कहाँ निर भत्किने हाे, पत्तै नहुने अप्रेटर राम बहादुर शाहीले बताए ।

बत्ती नियमित सञ्चालनका लागि ४ जना कर्मचारीकाे व्यवस्थापन गरिए पनि हाल ती कर्मचारी बेखबर बनेकाे अप्रेटर शाहीले जानकारी दिए ।

पञ्चदेवल विनायक नगरपालिकाले गत अार्थिक बर्ष लामाे समय देखि अवरुद्घ बत्ती सञ्चालनका लागि बजेट विनियोजन गरेकाे थियोे ।

करिब एक दशकदेखि अवरुद्ध बनेकाे उक्त जलविद्युत सञ्चालनका लागि स्थानीय सरकारले थाेरै पहल गरे पनि दिगाे र प्रभावकारी काम कार्यान्वयनका लागि स्थानीय सरकार कटिबद्ध भएर लाग्न आवश्यक देखिएको छ ।