मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै


काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी नेपालले पहिलो पटक मापन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । 

गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको हो। नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्षअघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको छ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो।

नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । 

सन् १९९९ मा अमेरिकाले मापन गर्दा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले  सन् २००५ मा मापन गर्दा आठ हजार ८४४ मिटर थियो । सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।