मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउ : स्वास्थ्य मन्त्रालय


काठमाडौं– कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ। 

सरकारले स्वीकृत गरेका कोभिड अस्पताललाई कोरोना उपचार बापत अनुदान उपलब्ध गराउनेसम्बन्धि आदेश २०७७ बमोजिम कोभिड संक्रमित बिरामीको प्रति बिरामी प्रति दिनका हिसाबले रकम निकासा भएको भन्दै मन्त्रालयले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो । 

असोज मसान्तसम्ममा ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ निकासा भइसकेको र कात्तिकको भुक्तानीको क्रममा रहेको भन्दै जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो। 

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नपाएको गुनासो आएकाले मन्त्रालयले सूचना जारी गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन भनेको छ ।