मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । 

सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।