मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण

अछाममा भएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण


अछाम । जिल्लाको कमलबजार नगरपालिका अन्र्तगत प्राथमिक स्वास्थ्य केन्द्रको पिसिआर परिक्षण प्रयोगशालामा गरिएको कोरोना भाईरस परिक्षणमा ९ जनमा संक्रमण देखिएको छ । शुक्रबार गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ र ७ का २५, २८, २८, ४२, २४ बर्षका ५ जना पुरुष रहेका छन् । उनिहरुको स्वाब जिल्ला अस्पताल मंगलसेनबाट संकलन गरि पठाईएको थियो ।

यस्तै कमलबजार नगरपालिका वडा नं. २ का २३ बर्षिय पुरुष, साँफेबगर नगरपालिका वडा नं. ३ का २५ बर्षिय पुरुषमा समेत कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।

यस्तै प्रयोगशालामा प्राप्त स्वाबका आधारमा जिल्ला बाहिरका थप २ जनामा समेत कोरोना देखिएको छ । जानकी गाँउपालिका वडा नं. ८ का ३४ बर्षिय पुरुष र अमरगडी नगरपालिका वडा नं. ६ का २८ बर्षिय पुरुषमा कोरोना देखिएको हो । उनको स्वाब पनि जिल्ला अस्पताल मंगलसेनबाट संकलन गरि पठाईएको थियो ।

शुक्रबार १२ जनाको परिक्षणमा ९ जना पुरुषमा संक्रमण देखिएको छ । प्रयोगशालामा हालसम्म १ हजार ८ सय ७२ जनाको परिक्षण गरिएकोमा १ सय २४ जनमा संक्रमण पुष्टी भएको छ । दोश्रो पटक परिक्षण गरिएका ४२ जनामा १५ जनाको पुन पोजेटिभ देखिएको छ ।