मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामले अब विकासमा फट्को मार्छ : सांसद बोगटी

अछामले अब विकासमा फट्को मार्छ : सांसद बोगटी

सुदूर आज

अछाम : प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले क्षेत्र न २ ले अब विकासमा फट्को मार्ने बताएका छन । पछिल्लो समयमा विकासका गतिविधिले तिब्रता पाउन थालेकाले यश क्षेत्रले विकासमा गुणात्मक रूपमा फट्को मार्ने बताए।

आफुलेपनि यश क्षेत्रका महत्त्वपूर्ण योजनाको कमलाई तिब्रता दिएको र स्थानीय सरकारले पनि प्रभावकारी समन्वय गरिरहेकाले अब सुख्खका दिनहरू धेरै टाढा नरहेको बताए । सांसद बोगटीले आफुले चुनावको समयमा जनाएको प्रतिबद्धता अनुसार निरन्तर काम गरिरहेका बताए ।

क्षेत्र न २ का महत्त्वपूर्ण योजनाहरूको निर्माण कार्य अगाडि बढाईसकेकाले विकासका काममा सबैले हातेमालो गरेर अघिबढ्न स्थानीय सरकार तथा सरोकारवालालाई अनुरोध समेत उनले गरे। कमलबजार नगरपालिका वडा न ८ ढाकुमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवनको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको अासनबाट बोल्दै सांसद बोगटीले क्षेत्र न २ को स्वास्थ्य क्षेत्रमा अाफुले प्राथमिकता दिएर बजेट बिनियोजन गरेकाले यश क्षेत्रको स्वास्थ्य क्षेत्रले विकासमा अब फट्को मार्ने उनको विश्वास छ ।

चिसापानी जंगलघाट,गैटाड सडकको सुरूवात भईसकेकाले अब यस क्षेत्रको विकासमा थप कोशेढुंगा साबित हुने उनको भनाइ छ । जिल्लामा अहिले पनि थुप्रै समस्या रहेकाले आफुले यस क्षेत्रका समस्याका बारेमा संसदमा बुलन्द आवाज उठाईरहेकाले र सम्बन्धित निकायलाई खबरदारी गरिरहने प्रतिबद्धता जनाए।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ८ का अध्यक्ष नयन बहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो। यस्तै सोही वडामा रहेको बण्डालि आधारभुत बिद्यालय पास्तोलीको नवनिर्मित भवनको उदघाटन गरिएको छ भने कालिका आधारभुत बिद्यालय डुंगालाको भवनको उदघाटन संगै पुस्तकालयको समेत सांसद बोगटीले उदघाटन गरेका छन्।