मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने


बैतडी : सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि सुदूरपश्चिमबाट धिरेन्द्र बहादुर चन्द छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कारको लागि बैतडी जिल्लाको पाटन नगरपालिका–९ का चन्दलाई छनोट गरिएको हो ।

जीव शास्त्री समेत रहेका चन्द सुदुरपशिचममा रहेर वन वातावरण र वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशिल छन् । सरकारले चन्दसहित ११ युवा र २ संस्थालाई यो वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिने भएको छ ।

वाग्मती प्रदेशबाट देविका बुढाथोकी, महेशप्रकाश हाडा, सरिता श्रेष्ठ भट्टराई, प्रकृति मैनाली र मञ्जु खाँड दिइने भएको हो । कर्णाली प्रदेशका टक्कबहादुर नेपाली, प्रदेश २ की अश्विनीकान्त झा, गण्डकी प्रदेशकी सुनिता क्षेत्री, कर्णाली प्रदेशका रचना सुनार र सजना सुनारलाई प्रदान गरिने भएको छ ।

संस्थागत तर्फ प्रदेश १ को राउत एण्ड सन्स बहुद्देश्यीय कृषि तथा पशुपालन प्रालि र वाग्मती प्रदेशको लुनिभा बाल सरोकार समूह रहेको छ ।

विभिन्न क्षेत्रमा गरेको योगदानको सम्मान स्वरुप उनीहरूलाई जनही १/१ लाख नगद राशिसहित पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । पुरस्कार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने जनाइएको छ ।