मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति

सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति

सुदूर आज

अछाम : सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ। कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्रीपरिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो। 

गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो। सोही बमोजिम वन तथा वातावरण मन्त्रालयले सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश दिएको छ।

मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ। वन मन्त्रालयको उक्त आदेशपछि अब सेती लोकमार्गको दक्षिणी क्षेत्रमा निर्माण हुने सडकखण्डको अवरोध हट्ने भएको छ।

रुख कटान अनुमति नपाएकै कारण प्रभावित भएको कामले गति लिने अपेक्षा गरिएको छ। यसअघि रुख कटानी आदेश नपाएकै कारण सेती लोकमार्ग निर्माणका लागि विनियोजन हुने बजेट वर्षेनी फ्रिज जाने समस्या थियो। 

प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मन्त्रीपरिषद्ले रुख कटानीका लागि आदेश दिएसँगै सेती लोकमार्ग निर्माण हुने निश्चित भएको बताएका छन्। उनले निरन्तरको प्रयास र लामो संघर्षपछि रुख कटानीको आदेश पाएको बताए।