मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसी छिटाे पारित गर्न प्रधानमन्त्रीलाई महासंघकी अध्यक्ष राणाको आग्रह

एमसीसी छिटाे पारित गर्न प्रधानमन्त्रीलाई महासंघकी अध्यक्ष राणाको आग्रह


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले छिटो एमसीसी पास गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन्।

महासंघको ५४ औं वार्षिक साधारणसभामा उनले सबैसँग सल्लाह गरेर सकेसम्म छिटो एमसीसी पास हुने वातावरण मिलाउन आग्रह गरेकी हुन्। 

उनले एमसीसी पास भए नेपालमा थप लगानी आउन सक्ने भन्दै वैदेशिक लगानी ल्याउनका लागि पनि एमसीसी अनिवार्य रुपमा पारित गर्नुपर्ने तर्क गरिन्। उनले एमसीसी पारित भएमा रोजगारीको अवसर बढ्ने, पूर्वाधार विकासमा ठूलो सहयोग बताइन्।

त्यस्तै उनले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्रमा २०० अर्बको क्षति पुगेको समेत जानकारी दिँदै आईएलओका अनुसार नेपालमा १६ देखि २० लाख मानिस बेरोजगार हुने सम्भावना पनि देखिएको जानकारी दिइन्।

उनले सम्पूर्ण आर्थिक कारोबार डिजिटल बनाउनुपर्ने, राष्ट्रिय आयोजनाका कामहरु समयमा नै फास्ट ट्रयाकबाट छिटो काम सक्नुपर्ने समेत आग्रह गरिन्।