मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् फुटबल लिजेन्ड म्यारोडोना

रहेनन् फुटबल लिजेन्ड म्यारोडोना


एजेन्सी  । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । बीबीसीले म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको बताएको छ । 

हृदयघातको कारण उनको घरमै निधन भएको हो । मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका क्लबबाट खेलेका उनी सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए  । अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

म्यारोडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । उनी लामो समय क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको रुपमा चिनिएका थिए । उनले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभियालगायत क्लबबाट खेलेका थिए ।