मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका २ सहित ७ जनामा कोरोना संक्रमण

कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका २ सहित ७ जनामा कोरोना संक्रमण


अछाम । जिल्लाको कमलबजार नगरपालिका अन्नर्तगत प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर परिक्षण प्रयोगशलामा बुधबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । एक महिला र ६ पुरुष गरी ७ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

संक्रमण देखिनेमा जिल्लाको बान्नगीढी जयगढ गाँउपालिका मार्फत स्वाब संकलन गरि पठाईएकोमा शुक्लाफाटा नगरपालिका वडा नं. ११ का ३३ बर्षिय पुरुष, मंगलनेसन गरपालिका वडा नं. १४ का २८ बर्षिय पुरुष र साँफेबगर नगरपालिका वडा नं. ८ का ३८ बर्षिय पुरुष रहेका छन् ।

यस्तै बुढीगंगा नगरपालिका बाजुरा मार्फत स्वाब संकलन गरी पठाईएका ४ जनामा समेत कोरोना देखिएको छ । त्रिबेणी नगरपालिका बाजुराका वडा नं. १ का २८ बर्षिय पुरुष र ३० बर्षिय महिला, नवदुर्गा गाँउपालिका वडा नंं. ५ डडेलधुराका २८ बर्षिय पुरुष र बुढीगंगा नगरपालिका वडा नं. ३ का ६० बर्षिय पुरुषमा समेत कारोनाको संक्रमण पुष्टी भएको छ ।

बुधबार जम्मा ४३ जनाको परिक्षण गरिएकोमा ७ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको कमलबजार पिसिआर परिक्षण प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

सुचना अधिकारी बिष्टका अनुसार कलबजार प्रयोगशालामा हालसम्म १८ सय ५४ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय १४ जनामा संक्रमण देखिएको छ । यस्तै पुन परिक्षण गरिएका ४२ जना मध्ये १५ जनाको दोश्रो पटक समेत पोजेटिभ देखिएको छ ।