मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनका उर्जावान २७ बर्ष अछामको स्वास्थ्य सुधारमा

जीवनका उर्जावान २७ बर्ष अछामको स्वास्थ्य सुधारमा

अछाममा झाडापखलाको महामारी हुदाँ २६ कोष टाढा हिडेर दुर्गमका जनताको उपचार गर्न पाउनु नै जीवनको ठुलो सन्तुष्टी हो — ढुंगाना ।


अछाममा झाडापखलाको महामारी हुदाँ २६ कोष टाढा हिडेर दुर्गमका जनताको उपचार गर्न पाउनु नै जीवनको ठुलो सन्तुष्टी हो — ढुंगाना ।

अछाम । सम्रग अछामको जनस्वास्थ्यको परिर्वतन र सुधारका लागि दुई दशक भन्दा बढी सयम देखि अनवरत रुपमा स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तीको नाम हो झनकराज ढुंगाना । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ मा जन्मेका ढुंगानालाई घर नजिकैको अस्पतालका कारण स्वास्थ्य क्षेत्रमा प्रबेश गर्ने प्रेरणा मिल्यो । उनलाई याद छ, अस्पतालमा अरुले बिरामीको उपचार तथा काम गरेको देख्दा ढुंगानालाई पनि यहि पेशमा जोडिन् पाए हुन्थ्यो भन्ने मनमा लागिरह्यो । नभन्दै एस.एल.सि. पास गरी प्रमाण पत्र तह अध्ययन गर्दै गर्दा अछामबाट कोटामा सि.एम.ए. पढ्ने अवसर उनले पाए । एसलसीको प्राप्तांकका आधारमा जिल्लाबाट १३ जनालाई छनौट गरिएको कोटामा उनि पनि पर्न सफल भए । उनि भन्छन् ‘घर नजिकै अस्पताल भएका कारण मैले स्वास्थ्य क्षेत्र मार्फन नै आफ्नो क्यारियर अगाडी बढाउने दृढता लिएर अघि बँढे ।’
२०५० सालमा सिएमए पास गरेर आईसकेपछि उनलाई शुरुका बर्षहरुमा अछाम भन्दा बढी बाहिर काम गर्ने अवसर मिल्यो । उनि सम्झन्छन् भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँकेको आकस्मिक कक्षमा काम गर्ने क्रममा आउने ईन्सेफलाईटिसका बिरामी, सर्पडंष, एयष्कयल सेवन, झाडापखाला, सडकदुर्घटना लगायत विभिन्न कारणले मृत्युको मुखमा पुगेका बिरामीको उपचारमा आफु संलग्न भएर उनिहरुको ज्यान बचाउन सफल हुदाँ अहिले गर्व महसुस हुन्छ ।

उनि केही समयपछि अछाम फर्के, ‘म अछाम फर्किदाँ त्यो बेला जिल्लामा चिकित्सकको अभाव भएपनि कहिले बस्ने कहिले नबस्ने अवस्था थियो, हामी स्वास्थ्यकर्मी र नर्सिंग स्टाफहरु बिरामीको उपचारमा धेरै जसो संलग्न रहन्थ्यौं, उनले भने कतिपय अवस्थामा बिरामीलाई स्लाईन दिन नसकेर अस्पताल ल्याईएका हुन्थे, स्वास्थ्य संस्थाबाट प्रेषण गरेका बिरामीहरुकोे ज्यान बचाउन सकेको अवस्थामा खुशीको अनुभुती हुन्थ्यो ।’ २०६६ सालमा अछाममा झाडापखलाको महामारी नै भयो ढुंगाना भन्छन् — ‘त्यो बेला सबै ठाँउंमा अहिलेको जस्तो मोटर बाटोको सहजता थिएन हिडेर भएपनि जिल्लाको दुर्गम हिच्मा देखी रहफ सम्म पुगेर बिरामीको उपचार गरेका कामहरु सम्झ्दा आफुलाई सन्तुष्टी मिलेको छ ।’

आज भन्दा २७ बर्ष पहिले जिल्लाको तत्कालिन ठांटी उपस्वास्थ्य चौकी बगुडा अछामबाट स्वास्थ्य पेशामा करियर सुरु गरेका ढुंगानाले सिएमए पास गरे पश्चात स्वास्थ्य सेवाको दौरानमा कर्णालीको दुर्गम जिल्ला मुगुको बाम उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम, भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँके, र अछाम जिल्ला अस्पतालमा काम गरे ।

सि.एम.ए.बाट स्वास्थ्य सेवा प्रबेश गरेका ढुंगाना बिभिन्न समयमा स्तरबृद्धी हुदैँ जनस्वास्थ्य निरिक्षक सम्म भए । निरिक्षक पश्चात उनले स्वास्थ्य सेवाको क्लिनकल क्षेत्रलाई पुर्णतया बिश्राम दिंदै जनस्वास्थ्य सेवाको ब्यवस्थापकिय क्षेत्रमा प्रबेश गरे । करिब १३ बर्ष नियमित रुपमा जिल्ला स्वास्थ्य कार्यालय अछाममै सुपरभाइजरको पदमा रहेर उपचारात्मक तथा क्षयरोग, कुष्ठरोग, एच.आई भि., एड्स रोग रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने कार्य गरे । लामो समय एच.आई.भि. एड्स कार्यक्रम फोकल पर्सन भै कार्य गरेको अनुभव र धेरै संक्रमितहरुलाई ए.आर.टि.(औषधि बितरण) लगायतका सेवा प्रदानमा सहयोग गरेका कारण आजपनि कतिपय एच.आई.भि.संक्रमित ब्यक्तिहरुले स्वस्थ जिवनयापन गरिरहेका र आफुलाई भेट्दा खुसी साटेको अवस्थामा गर्व गर्छन ढुंगाना ।

अछामको जनस्वास्थ्यमा तत्कालिन समयमा ढुंगाना सुपरभाईजरमै कार्यरत रहेका बेला अछाम स्वास्थ्य क्षेत्रमा देशकै पहिलो जिल्ला बन्यो । उनि भन्छन् ‘निरन्तर टिममवर्कमा सबै टिमका सदस्यहरु क्रियाशिल भएर काम गरेको प्रतिफल जिल्ला प्रथम हुन सफल भयो, जनस्वास्थ्य सुधारका लागि कुनै एक बर्ष मात्रै काम गरेर जिल्ला प्रथम हुदैँन, यसका सुचकहरु बढाउन, प्रगती गर्न धेरै बर्षको मेहनत, लगानी हुन्छ, ढुंगाना भन्छन् त्यो जग हामी सबै टिमले निर्माण गरेका हौँ ।’ अहिलेको स्वास्थ्य कार्यालय होस् या हिजोको जिल्ला स्वास्थ्य कार्यालय कहिल्यै १०÷५ मात्रै खुल्ला भएन बिहान ७ देखी बेलुका ७ बजे सम्म पनि हामीले काम गर्यौँ ।

उनि सम्झन्छन् बिहान बेलुका दैनिक रुपमा तथ्यांक केलाउने देखी, कुन स्वास्थ्य संस्थाको के समस्या छ त्यो संस्थालाई निरन्तर प्राविधिक सल्लाह दिने काम गरयौं, सिमित स्वास्थ्यकर्मीको उचित ब्यवस्थापन, निरन्तर सहयोगात्मक अनुगमन र सुपरभिजनले गर्दा स्वास्थ्यका सुचकहरुमा प्रगती हुदै गए र बिगत ७÷८ बर्ष देखी अछाम टपटेन भित्रै रह्यो । नेतृत्व लिने कार्यालय प्रमुखको ईच्छा शक्ती र टिमवर्कका कारण अछामलाई स्वास्थ्यका सुचकको आधारमा देशकै पहिलो बनाउन सफल भयौँ, त्यो सफलता सम्रग टिमको भएको उनको बुझाई छ ।

बढीजसो समय आफ्नो गृह जिल्ला अछामलाई दिएका ढुंगानाको परिश्रम, मेहनत, निष्ठा र त्यागका कारण २०७३ सालमा जनस्वास्थ्य अधिृकतमा नाम निकाल्न सफल भए । जागीर संगसंगै व्यावस्थापनबाट स्नातक हुदैँ स्नात्तोकतरसम्मको अध्ययन समेत उनले पुरा गरे । अछामको स्वास्थ्य क्षेत्रको बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराउन सफल ढुंगाना बंगलादेशबाट जनस्वास्थ्य बिषयमा स्नाकोत्तर (ःबकतभच या एगदष्अि ज्भबतिज) गर्न पनि सफल भए । ‘आफ्नो स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव र व्यवस्थापन तर्फको शैक्षिक योग्तालाई एमपिएच पुरा गरेपछि यसले दुबै क्षेत्रलाई पुलको रुपमा जोड्ने काम गरेको छ, म यसैमा खुशी छु उनि भन्छन् ।’

हाल स्वास्थ्य कार्यालय अछामको प्रमुखका रुपमा कार्यरत ढुंगानाले देश संघियतामा गएपछि समायोजन हुनु अगाडी करिब ९ महिना सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीमा बसेर समेत काम गरे । २०७६ माघ ५ गतेबाट स्वास्थ्य सेवाको आठौँ तह बरिष्ठ जन स्वास्थ्य अधिकृत पदमा कार्यरत ढुंगाना अछामको स्वास्थ्य क्षेत्रमा दुईतिनवटा कुरामा उल्लेख प्रगिती भएको देख्छन् । उनि भन्छन, पूर्ण खोप कार्यक्रम, बर्थिगं सेन्टर बिस्तार तथा संस्थागत सुत्केरी दरबृद्धि भएको छ, कुपोषणको क्षेत्रमा गैरसरकारी क्षेत्रको सहयोगमा उल्लेख्य सुधार, एच.आई.भि. संक्रमण दरमा उल्लेख्य कमि, ए.आर. टि. सेन्टरको बिस्तारका कारणले स्वास्थ्य सेवामा पुहंच र उपभोगमा बृद्धि भएको र यसले समग्र स्वास्थ्यको सुचकमा सुधार भएको छ, । शैक्षिक अवस्थामा सुधार, खुल्ला दिशामुक्त समाज, आय आर्जनमा भएको सहजता, यातायात लगायत पुर्वाधारको बिकासले स्वास्थ्यका सुचकहरुमा प्रगती हुन सहयोग पुगेको उनको बुझाई छ ।

“ पहिलेको तुलनामा अछामको स्वास्थ्यमा उल्लेख सुधार भएको छ, मातृमृत्युदर कम भएको छ, झाडापखाला जस्ता महामारी भएको छैन, जिल्लाका सबै तहमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध छ । छिटफुट् बाहेक सबै जनता आधारभुत स्वास्थ्य सेवाको पहुँचमा छन् । जिल्लामा मुख्य दुई अस्पताल संचालनमा छन् ।”

स्वास्थ्य क्षेत्रलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने परम्परागत सामाजिक संस्कारहरुले स्वास्थ्य क्षेत्रमा केही समस्या देखिएको उनि बताउछन् । बाल बिबाहका कारण २० बर्ष मुनिका गर्भवतीहरुको प्रतिशत अहिले पनि धेरैछ, जसले गर्दा नवशिशु मृत्युदर, मृतजन्मदर, कम तौल जन्मदर उच्च छ, उनी भन्छन् यो कुरा घटाउन एकदमै जरुरी छ । हामीले बालबिबाह मुक्त, हिंसा मुक्त, छाउगोठमुक्त तथा मदिरा सेवन मुक्त समाज निमार्ण गर्न सक्यौंैँ भने स्वास्थ्यमा उल्लेख सुधार हुने उनको बुझाई छ । अछामलाई खुल्ला दिशामुक्त गर्यौँ त्यसपछि झाडापखला लगायतको महामारी भएको छैन उनी भन्छन्, नसर्ने रोगहरु तथा मादक पदार्थ सेवन लगायतका कारण दिर्घरोगीहरुमा बृद्धि चुनौतीको रुपमा आएको छ, यसमा सबै मिलेर काम गर्नुपर्नेछ । बाल बिबाह, हिंसा न्यूनिकरण गर्न स्थानिय तह देखी सबै क्षेत्रमा ब्यापक रुपमा जनचेतना जगाउन सक्यौँ भने कम तौल जन्म, मृतजन्म, नवशिशु मृत्युदर र अन्य मृत्यु दरमा पनि कम हुन्छ जसले गर्दा स्वास्थ्यका सुचकहरुमा प्रगती हुने ढुंगानाको बुझाई छ । पछिल्लो समय मानसिक समस्या बिकराल रुपमा अगाडी बढीरहेको छ, आत्म हत्या गर्नेको संख्या पनि बढी रहेको देखिन्छ, त्यसैले यो बर्ष मानसिक स्वास्थ्य समस्या परामर्श, बिद्यालय स्वास्थ्यको कार्यक्रम, किशोरकिशारी मैत्री सेवामा बढी ध्यान केन्द्रित हुने उनले बताए ।

स्वास्थ्य कार्यलयबाट हुने काममा मेरो ध्यान कहिल्यै कम भएन, अछाममा अहिले भईरहेका स्वास्थ्यका सुचक नघट्ने गरी त्यसमा थप प्रगती हुनेगरी काम गरिरहेका छौँ उनि भन्छन् देश संघिय संरचनामा गईसकेपछि अहिले हरेक पालिकामा स्वास्थ्य शाखा छन् अब उनिहरुको जिम्मेवारी बढी छ, आधारभुत स्वास्थ्य सेवा प्रवाह देखि स्वास्थ्य सेवाका बिभिन्न कार्यक्रम संचालनको काम स्थानिय तहले गर्नुपर्छ उनि भन्छन् अब हाम्रो काम भनेको स्थानिय तहका स्वास्थ्य शाखालाई सक्रिय पार्ने, सहजिकरण गर्ने, बार्षिक समिक्षा गर्ने, मासिक रिपोर्टको काम चुस्तदुरुस्त पार्ने, स्वास्थ्य शाखामा बसेर व्यवस्थापन गरिरहेका साथीहरुको क्षमता अभिबृद्धी गर्ने, प्राविधिक सहयोग गर्ने हुनेछ ।

अछामको स्वास्थ्यमा अबको लक्ष्य ।

जिल्लामा कुपोषण दर अहिले पनि कम भएको छैन, पोषणका क्षेत्रमा साझेदार संस्थाहरुको सहयोगमा थप काम गर्नुपर्ने ढुंगानाको बुझाई छ । परिवार नियोजनका साधन प्रयोग गर्ने दर पनि कम छ, जसले गर्दा सम्रग पविारको स्वास्थ्य अवस्था राम्रो हुदैँन, यसमा पनि काम गर्नुपर्नेछ, उनि भन्छन् जनस्वास्थ्यका सुचक राम्रो बनाउनु पर्ने काम त छ नै त्यसमा पनि तत्काल उपचारात्मक कार्यलाई समेत प्राथमिक्तामा राख्नुपर्नेछ । समग्र अछामी जनताको आयस्रोत कमजोर छ, सबै मान्छेसंग पैसा हुदैन, आर्थिक अवस्था कम्जोर छ, उपचारको लागि धेरै बिरामीहरु जिल्ला बाहिर रेफर गर्नुपर्छ, त्यसमा केही हद्सम्म बयालपाटा अस्पतालले सहयोग गरेपनि जिल्ला अस्पताल र बयालपाटा अस्पतालको क्षमता विकास गर्न जरुरी रहेको छ ।

“अछामको स्वास्थ्य क्षेत्र सुधारका लागि अबको हाम्रो लक्ष्य भनेको परिवार नियोजनका साधन प्रयोग दर बढाउने, संस्थागत सुत्केरी हुनेदरलाई सतप्रतिशत गर्ने, कुपोषणदर घटाउने, औलो, क्षयरोग तथा कुष्ठरोग लगायतका सरुवारोगलाई निवारणको अवस्थामा पुर्याउने, बाल बिबाह न्यूनिकरण गर्ने, सबैको स्वास्थ्य बिमा गराउने तर्फ केन्द्रित ध्यान हुनेछ । यसमा सबै तहबाट सहकार्यको आवश्यक्ता छ । जसले गर्दा स्वास्थ्यका सुचकमा प्रगति कायम राख्न र बढाउनमा सहयोग पुग्नेछ । ”

ढुंगाना भन्छन् अािर्थक स्थिती कम्जोर भएकाहरुलाई जटिलरोगको उपचारको लागि प्रेषण गर्नुपर्ने अवस्थामा स्वास्थ्य बिमा एकदमै प्रभावकारी अबको बाटो हो, स्वास्थ्य बिमा कार्यक्रममा भएका केहि कमजोरीहरु सच्याएर प्रभावकारी बनाउदै जानुपर्नेछ । अछाममा १३ प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य बिमाको दरलाई एकदई बर्षमा ५० प्रतिशत बढी पुरयाउने लक्ष्य लिनुपर्नेछ, यसका लागि स्वास्थ्य कार्यालयले स्वास्थ्य बिमा बोर्ड संग सहकार्य गरेर धेरैभन्दा धेरै परिवारको बिमा गराउने प्रयास हुने उनिको प्रतिबद्धता छ । जसले गर्दा कोही पनि उपचारबाट बञ्चित नहोस् र बाहिर उपचार गर्न जाँदा कम खर्चमा उपचार गर्न पाओस भन्ने अबको लक्ष्य हुने उनको धारणा छ ।

कोभिड १९ रोकथाम र नियन्त्रणको अग्रमोर्चामा ढुंगाना ।

अछाममा २०७६ साल फागुन २७ गते कोभिड १९ रोकथाम र नियन्त्रणलाई लक्षित गरि बिपत व्यवस्थापन समितीको पहिलो बैठक बस्यो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सदस्यको हैसियतले शुरुवात देखि नै प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य निर्देशकको समन्वयमा म निरन्तर रुपमा खटिएको छु त्यसमा स्वास्थ्य कार्यालयले काम गरिरहेको छ ढुंगाना भन्छन् मुख्यगरी जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानिय तह, अस्पताल तथा स्वास्थ्य निर्देशनालयसंग समन्वय गर्ने, हेल्थ डेस्क स्थापना गर्ने, क्वारेन्टिनको अनुगमन, नियमित रिपोर्टगं रेकर्डिगंको कार्य प्राथमिकतामा राखि निरन्तर गरिरहेका छौँ । कोभिड सक्रमण रोकथाममा शुरुवातका दिनहरुमा सबैमा एक किसिमको डर थियो, जब अछामको मेल्लेख र चौरपाटीमा पहिलो पटक संक्रमित भेटिए त्यहाँ सम्पर्क परिक्षणको लागि नमुना संकलन गर्न जान एक किसिमको डर थियो, मनमा एक किसिमको डर भएतापनि नेतृत्व लिएका कारण म र अर्का जनस्वास्थ्य अधिकृत झपट ढुंगाना अगाडी लाग्यौं जसले गर्दा प्रयोगशालाका साथीहरुमा पनि हौसला मिल्यो र हामीले ठुलो संख्यामा नमुना संकलन गरि परिक्षणको लागि पठाउन सफल भयौँ ।

उनि भन्छन् अछाममा कोरोना फैलिन नदिन र नियन्त्रण गर्न सुरुवातका दिन देखि आज सम्म स्वास्थ्य कार्यलय सक्रिय रुपमा लागेको छ, यसमा म कटिबद्ध रुपमा क्रियाशिल छु । कोभिड १९ संक्रमण रोकथाम र ब्यवस्थापनमा लकडाउन शुरु भए संगै शूरुवातका दिनहरुमा बजारमै मास्क लगायत सामाग्री अभाव भएका बेला स्थानिय बजारमा दुई लिएरको कपडाको मास्क बनाएर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई बितरण, काठमाण्डौं धनगढी देखि एएभ् सेट लगायत सामाग्रीे आपुर्तिको लागि पहल, च्म्त् परिक्षण तथा च्त्(एऋच् परिक्षणको नमुना संकलनमा गाँउगाँउमा स्वयं पुग्नुका साथै स्वास्थ्यकर्मी परिचालन गर्न सफल भयौँ । जसले गर्दा अछाममा कोरोनाले ठुलो रुप नलिएको उनको बुझाई छ ।