मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडी जीप दुर्घटना अपडेटः को हुन् मृतक र घाइते ?

बैतडी जीप दुर्घटना अपडेटः को हुन् मृतक र घाइते ?


बैतडी: मंगलबार बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका–१० बुड्डा नजिकै दुर्घटना हुँदा ५ जनाले घटनास्थलमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरथ पाण्डेय, सोही ठाउँकी ७० वर्षीया पार्वती देवी चन्द, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका ५८ वर्षीय कृष्ण लावड र दशरथचन्द नगरपालिका–५ बस्कोटकी ७२ वर्षीया पार्वती चन्द रहेको प्रहरीले जनाएको छ । 

यस्तै दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय खगेन्द्र प्रसाद जोशी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय कृष्णानन्द भट्ट, दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका २२ वर्षीय प्रदिप लावड, दशरथचन्द नगरपालिका–५ का ३५ वर्षीय रविन्द्र चन्द र चालक दशरथचन्द नगरपालिका–४ का अन्दाजी ३५/४० वर्षीय गोपाल सिंह कार्की रहेको प्रहरीले जानकारी दिएको छ । 

चालक कार्कीको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको उनले जानकारी दिए। अहिले मृतकहरुको शव घटनास्थलमै रहेको र घटना सम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ ।