मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ६ स्थानिय तहमा अस्पताल सिलान्यास हुदैँ

अछामका ६ स्थानिय तहमा अस्पताल सिलान्यास हुदैँ

३ पालिकामा १५ सैया तथा ३ पालिकामा १० सैयाका अस्पताल बन्ने


३ पालिकामा १५ सैया तथा ३ पालिकामा १० सैयाका अस्पताल बन्ने

अछाम – जिल्लामा थप ६ वटा अस्पताल बन्ने भएका छन् । ३ पालिकामा १५ सैया तथा ३ पालिकामा १० सैयाका गरी ६ वटा अस्पताल बन्न लागेका हुन्। अब निर्माण हुने अस्पतालको आउदो मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम तय भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जैयगढ गाँउपालिकामा १५ सैया तथा तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० सैयाको अस्पताल निर्माण हुने भएका छन् ।

कमलबजार र चौरपाटीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नोती गरी १५ सैयाको अस्पताल बनाउने निर्णय यसअघि नै भएपनि हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचीमा समेत समाबेश गरिएका कारण ति ठाँउमा समेत घोषणाको कार्यक्रम तय भएको छ ।

आउदो मंसिर १५ गते बिहान ढकारी गाँउपालिका, दिउसो तुर्माखाँद गाँउपालिका हुदै कमलबजार नगरपालिकामा अस्पताल सिलान्यास अन्र्तगत घोषणा गर्ने कार्यक्रम तय भएको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए । प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बोगटीले घोषणा कार्यक्रमको तयारी समेत भईरहेको अध्यक्ष शर्माले बताए ।

बान्नीगढी जयगढ गाँउपालिकामा समेत मंसिर १५ गते नै पालिकामा बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास गर्ने तयारी भईरहेको अध्यक्ष राजेन्द्र खड्काले बताए । अध्यक्ष खड्काका अनुसार भोली बुधबार कार्यपालिकाको बेठक बसी घोषणाको अन्तिम रुप दिईनेछ । यस्तै चौरपाटी गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास राष्टिय सभाका सदस्य माननिय शेरबहादुर कुवँरले उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष हर्क बहादुर साँउदले बताए ।

अछाम जिल्लाका बिभिन्न ३ पालिकामा निर्माण हुने १५ सैयाको अस्पतालका लागि कुल बजेट १८ लाख ६ सय ८२ रहेको छ भने १० सैयाको अस्पतालका लागि १० लाख ८ हजार ३ सय ३६ बजेट छुट्याईएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जिल्लाका दुई गाँउपालिका रामारोशन र मेल्लेख गाँउपालिकामा भने मन्त्रालयले जारी गरेको सुची समाबेश नभएको पाईएको छ । यद्यपी ति दुई गाँउपालिकामा ५ बेड संचालन गर्ने गरी कोभिड बिशेष अस्पताल भने संचालनमा आएका छन् । । संघिय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा मेल्लेख गाँउपालिकामा ५ बेडको कोभिड अस्पतालको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ भने रामारोशनमा कोभिड बिशेष अस्पताल यसअघि नै उद्घाटन गरी संचालनमा ल्याईएको पालिका अध्यक्ष झंकर साँउदले बताए ।

अछामका मुख्य दुई नगरपालिकामा भने यसअघै नै अस्पताल संचालमा रहेका छन् । जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० बेडको बयालपाटा अस्पताल संचालनमा रहेको छ । १५ सैयाको जिल्ला अस्पतालललाई पनि मंसिर १५ गते ५० सैयाको अस्पतालका रुपमा घोषणा गरिने भएको छ ।

अस्पताल नभएका देशैभरका पालिकाहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।

सबै नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो । विभिन् पालिकामा निर्माण हुने ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशका सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ ।