मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओपन एमआरएस सम्मेलनको आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी

ओपन एमआरएस सम्मेलनको आयोजना हुँदैं, यसरी हुनुहोस् सहभागी

सुदूर आज

काठमाडौँ – ३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । स्वास्थ्यका सबै कार्यक्रमहरुलाई डिजिटल प्रबिधी संग जोडर प्रभावकारी तथा पार्दशी गराउन ओपन सोर्सको प्रयोग हुदैँ आएको छ ।

सोही कुरालाई मध्यनजर गर्दै बढ्दो स्वास्थय समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गर्न सम्मेलनआयोजना गरिएको हो । 

भर्चुअल बैठक मार्फत हुने सम्मेलनको लक्ष्य ओपन एमआरएससँग जोडिएका सदस्यहरुलाई नजिक ल्याउनु रहेको छ । यो बैठकमा ओपन एमआरएसका सदस्यहरु र अरु इच्छुक सहभागीहरुले भर्चुअल माध्यमबाट जोडिएर आफ्नो उपलब्धि प्रस्तुत गर्ने र डेमो देखाउनेछन् ।

सम्मेलनमा ओपनएमआरएसमा भविष्यमा के गर्ने भन्ने बारेपनि छलफल गरिनेछ । यो सम्मेलनमा सहभागी हुन् यहाँ क्लिक गरी आफुलाई रजिष्ट्रेसन गर्नुहोस् ।

ओपन एमआरएस एक ‍ग्लोबल कम्युनिटी हो । यो सन् २००४ मा सार्वजनिक भएको हो । ओपन एमआरएस सुरुवात भएपछि ४० देशका ५५ सय बढी स्वास्थ्य सेवा फ्यासिलिटिजहरुले ओपन एमआरएस प्लेटफर्म प्रयोग गरी १० लाख बढि बिरामीहरुलाई सेवा दिइरहेका छन् । 

सन् २०१५ देखि यसको प्रयोग नेपालमा पनि हुदै आइरहेको छ। नेपालको गैर सरकारी संस्था न्याय हेल्थ नेपालले यसको प्रयोग गर्दै आएको हो। संसथाद्धारा संचालति अछामको बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र, तत्कालिन दोलखामा संचालित चरिकोट अस्पतालमा यसको प्रयोग भईरहेको छ ।

स्वास्थ्य व्यावस्थापन प्रणाली मजबुद बनाउन र प्रभाकारी रुपमा रेकर्ड राख्न संस्थाद्धारा संचालति अस्पतालहरुमा यसको प्रयोग भईरहेको वरिष्ठ ईएचआर सहायक रमेश महरले बताए । बिरामीको रेकर्ड देखि रिपोर्टिगं तथा भौतिक सामाग्रीको व्यावस्थापन समेत ओपन सोर्सका प्लेटफर्मलाई प्रयोग गरी व्यावस्थापन गरेर काम हुदैँ आएको उनले बताए।