मुख्य समाचार

७ कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १,३०५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । 

सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । 

हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने
सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति
एमसीसी छिटाे पारित गर्न प्रधानमन्त्रीलाई महासंघकी अध्यक्ष राणाको आग्रह
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदको स्वीकृति