प्रदेश समाचार

अछाममा थप २ जनामा कोरोना संक्रमण पुष्टी

अछाम । जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

बान्नीगढी जयगढ गाँउपालिका वडा नं. ५ का ४० र ६० बर्षका २ जनामा पुरुषमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

सुचना अधिकारी बिष्टका अनुसार प्रयोगशालामा बाजुराका एक जनामा समेत कोरोना पुष्टी भएको छ । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ३ का ४५ बर्षिय पुरुषमा कोरोना देखिएको हो ।

अछाम जिल्लामा कुल कोरोना संक्रमित संख्या ११ सय ६१ पुगेको छ । जसमा २८ जना सक्रिय संक्रमित रहेका छन् भने ४ जनाको कोरोना संक्रमण बाट मृत्यु भईसकेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने
सेती लोकमार्गमा पर्ने ९ हजार ६ सय रुख काट्न वन मन्त्रालयको अनुमति
बालविवाह अन्त्य गर्न सके महिला हिं’साको पाटो रोकिन्छ : सांसद बोगटी
कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा अछामका २ सहित ७ जनामा कोरोना संक्रमण