मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकपटक कसैबाट माया लिएर त हेर – सोमराज पोखरेल

एकपटक कसैबाट माया लिएर त हेर – सोमराज पोखरेल


गजल – १

कोही भन्छन् ढिलो भो कोही भन्छन् चाँडो भो 
तात्तो न छारोको जिन्दगी आफैंलाई घाँडो भो । 

माग्नेलाई सहयोग गर्यो लिएकै छैन भन्छन् यहाँ 
खुला हात राख्नु बेकार त्यही मन काँडो भो । 

सघाउनेलाई पराइ ठान्ने कस्तो बैरी मन भाको 
उदारता कमजोरी रैछ त्यही अहिले ठाँडो भो । 

वासना लिने चाह छैन फूल रोप भन्ने धेरै 
झपारेरै पठायो भने दाउपेच गर्ने भाँडो भो ।

० ० ०

गजल – २
सस्तो ठान्नेले सबैलाई केही दिएर त हेर
आँशुको मोल नजान्नेले आँशु पिएर त हेर ।

अर्काको आलो घाउमा प्रहार गर्नेले
आफ्नै दुखेको घाउमा प्रहार गरेर त हेर ।

मायालाई बर्बादी हो भनेर बेवास्ता गर्नेले
एकपटक कसैबाट माया लिएर त हेर ।

सघाउ भलै संसार बेमतलबी भए पनि
अर्थ पाउँछौं कसैलाई साथ दिएर त हेर ।