मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खुसी’

‘खुसी’


  • किशन पौडेल

पत्थरले मान्छेलाई भन्यो, “तिमी मलाई कुनै मन्दिरभित्र लगेर राखिदेऊ । म भगवान् बनेर तिमीलाई वरदान दिनेछु ।”

मान्छेले त्यो पत्थरलाई मन्दिरभित्र लगेर राख्यो । 

केही समयपछि मान्छेले पत्थरसँग वरदान माग्यो, “हे भगवान् ! मेरा सारा दुःख कष्टहरू निवारण गरिदिनुस् ।”

पत्थरले भन्यो, “हे मनुवा ! म आफैं अत्यन्तै दुखित् भएको छु । म बगरमा स्वतन्त्र थिएँ । हावा, पानी र माटोहरूसँग जुन आत्मीयता र खुसी थियो, त्यो अहिले गुमेको छ । सक्छौ भने मलाई फेरि त्यही ठाउँमा लगेर राखिदेऊ ।”

मान्छे नतमस्तक भएर फर्कियो ! (हेटौंडा)