मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमको टावर बनेपछि स्थानीय बासी खुसी

नेपाल टेलिकमको टावर बनेपछि स्थानीय बासी खुसी


बाजुरा – जिल्लाको गौमुल गाउँपालिकाको दुर्गम गाउँमा नेपाल टेलिकमकको टावर निर्माण भएर आफ्नो सेवा सुचारू गरेपछि त्यहाँका स्थानीय बासी खुसी भएका छन् । दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले टावर निर्माण भएर सेवा सुचारु गरेपछि त्यहाँका स्थानीयलाई फोनको सुविधा भएको छ।

अब देखी अन्य सुविधा पनि सोही गाउँपालिकाको दुर्गम गाउँ माडी अन्द्राडी लगायतका गाउँ बस्तिमा नेपाल टेलिकमको फोन नेटवर्क सेवा संचालन भएको छ । गौमुल गाउँपालिका वडा न १,२ र ३ का गाउँ बस्तीमा फोन नेटर्कक सुचारु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए।

नयाँ साल देखी संचालन हुनुपर्ने फोन टावर निर्माणमा लकडाउनका कारण ढिलो हुदा कार्तिक सम्म संचालनमा आएको अध्यक्ष रोकायाले बताए । गौमुल गाउँपालिकाका दुर्गम गाउँ बस्ती अन्द्राडी, दुर्गाली माडी लगायतका गाउँमा नेपाल टेलिकमले फोन नेटवर्क सुचारु हुदा त्यहाँका स्थानीय खुसी भएको स्थानिय सुरेश बहादुर रोकायाले बताए ।

फोन गर्नकै लागी बिभिन्न डाँडामा जानु पर्ने अबस्था त्यहाँका जनताले कठिनाई बाट मुक्त भएकोमा गाउँपालिकाको समन्वयमा नेपाल टेलिकमले टावर निर्माण गरी आफ्नो सेवा संचालनमा ल्याएपछि स्थानियहरुले खुसी भएकाे बताईएको छ । स्थानीय सरकार आए संगै एक पछि अर्को बिकासका ढोका खुल्दै गएको र हामीले सुविधा पाउन सुरु गरेको त्यहाँका स्थानीयको भनाई रहेको छ ।

बिकासका पुर्बाधार मध्यको संचार भएकोले अबदेखी सबै संग नजिकबाट सबैसंग भेटघाट गर्न पाईनेमा त्यहाका युवाहरुले खुसी ब्यक्त गर्दै गाउँपालिका र नेपाल टेलिकमलाई धन्यबाद समेत ब्यक्त गरेका छन । लामो समय पछि त्यहाँका स्थानीयले फोन सेवा प्रयोग गर्न पाउने भएका छन ।

यस अघि मोबाइलबाट रेडियो गित सुन्न मात्रै प्रयोग हुने मोबाइलहरु अब त्यहाँका जनताका लागि फोन गरेर आफन्त लगायत बिभिन्न सुचनाहरु सहज रुपमा प्रयोग गर्न पाउने भएकोमा स्थानीय खुसी भएका छन ।